कनकाई अनलाईन
खाद्य स्वच्छता र गुणस्तर सम्बन्धि एक दिवशीय तालिम र अन्र्तक्रिया कनकाई नगरपालिकामा सम्पन्न भएको छ ।
खाद्य गुणस्तर डिभिजन कार्यालय झापाको आयोजनामा कनकाई नगरपालिकाको सभाहलमा भएको अन्तक्रियात्मक प्रशिक्षणमा कनकाई नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि, कनकाई नगरपालिकाका कर्मचारी र यस क्षेत्रका पत्रकारहरुको सहभागिता रहेको थियो ।
अन्तक्रियामा सहभागिलाई खाद्य तथा गुणस्तर झापाका प्रमुख नारायणप्रसाद भट्टराईले सहभागिलाई खाद्य स्वच्छता गुणस्तर र यसको कानुनी र मानवीय स्वास्थ्यमा पार्ने प्रभाव र स्थानीय तहको भुमिकाको वारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलल, नगरउपप्रमुख आशाशर्मा शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत मोहन न्यौपाने लगायातले कनकाई नगरको खाद्य स्वच्छता कायम गर्नका लागि कुनै कसर वाकी नराखिने प्रतिवद्धता जनाउँनुभएको थियो ।