Kanakai Online

इलाममा थुम्केरानी महोत्सवको तयारी पुरा


शनिवार, माघ २१, २०७९ |

जनक न्यौपाने
इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानीमा हुँने पर्यटन महोत्सवको तयारी पुरा भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको आयोजना तथा माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न हुँने महोत्सवको तयारी पुरा भएको हो ।
थुम्के रानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको जानकारी दिएको छ ।

महोत्सवमा नेपाल–भारतको सुन्दर दृश्यावलोकनसंगै सांगीतिक कार्यक्रम समेत हुनेछ । माघ २२ गतेबाट २४ गते सम्म संचालन हुने महोत्सवमा स्टल सहित स्थानीय खानाका परिकार पर्यटकका लागि राखीने आयोक समितिका अध्यक्ष रत्न थामीले जानकारी दिनु भयो । उहाका अनुासर २२ गते स्थानीय सिंहदेबी मन्दिरको दर्शन सहित कार्यक्रमको उद्घाटन हुने छ । त्यस्तै २३ गते ट्रेकिङ सहित अन्य कार्यक्रम र २४ गते समापन सहित सांगीतिक कार्यक्रम गरीने छ ।
थुम्केरानीबाट झुल्के घामको दृश्य अवलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाको केन्द्र नयाँबजार देखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु,मेग्मा सम्मको पैदल यात्रा समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । महोत्सवमा पर्यटकका लागि जंगल सफरी र दुर्लभ रेडपाण्डाको अवलोकन थप आर्कर्षक बन्ने छन । विश्वको तेस्रो अग्लो हिमशृखला, दुर्लभ वन्यजन्तु हाब्रे ९रेडपान्ड० ,एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको अध्यक्ष थाकीले जानकारी दिनु भयो ।
महोत्सवले सिंगो माईजोगमाई गाउँपालिका सहित छिमेकी पालिकाको पर्यटन प्रवर्दनमा सहयोग पुग्ने माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जीत बहादुर राईले जानकारी दिनु भयो । उहाले थुम्के जौवारी हुँदै मेघमा सम्म सडक बिद्युत र खानेपानीको सुविधा पुगेकाले पर्यटक र पर्यटन ब्यवसायीलाई सहज भएको बताउनु भयो ।
महोत्सवमा लोक गायक इन्द्र गुरुङ, पदम राई, विजय मुकारुङ राई,नवीन सुवेदी लगायत स्थानीय कलाकारको प्रस्तुती रहनेछ । मुख्य आकर्षणको रुपमा हास्यकलाकारः– सुबोध गौतम ९एदुमे० रहेका छन् ।एक्सीम्बल ब्यान्डको लाइभ कन्सर्टका साथै विभिन्न जातजातिका झाकी नाच हुनेछ । आन्तरिक एवम बाह्य पर्यटकलाई थुम्केरानीको बारेमा जानकारी दिने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । माइजोगमाई स्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको आयोजक समितिका उपाध्यक्ष राजेश थामी बताउनु हुन्छ ।
लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक पर्यटक पुग्ने गरेका छन । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले गाउँपालिकाको थुम्के सहित माथिल्लो लेकाली क्षेत्रको बिस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिने जानकारी दिनु भयो । उहाले दिगो आर्थिक उर्पाजनका लागि पर्यटक बिकास आवश्यक भएको जानकारी दिनु भयो । गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकामा प्रसस्त पर्यटकीय ठाउँ भए पनि प्रचार प्रसारको कमी भएको बताउनु भयो । उहाले नयाँ गन्तब्यका रुपमा पालिका भित्रका धेरै स्थानको बिकास गर्न सकिने बताउनु भयो ।
पालिकामा उत्तरे पोखरी , शिब मन्दिर बौद्धगुम्बा सहित बिभिन्न देबिस्थल सहितका धार्मीक पर्यटकीय स्थल रहेका छन । जौवारी , तुम्लिङ, टङ्लु मेघमा लगायतका क्षेत्र बिदेशी पर्यटकको रुचीमा पर्ने क्षेत्र हुँन । जौवारी हुँदै सन्दकपुर सम्म्को यात्रा गर्न सकिन्छ ।