Kanakai Online

कप्तान उपकप्ताको निर्वाचनबाट नेतृत्व चयन


शुक्रवार, माघ २०, २०७९ |

कनकाई अनलाईन
आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड का कक्षा ११ का विद्यार्थी कप्तान तथा उपकप्तान छनौट निर्वाचन सम्पन्न भएको छ ।
लोकतान्त्रिक विधि ,उच्च प्रतिस्पर्धा ,मतदान शिक्षा ,मत परिणाम जस्ता बारे मा सैद्धान्तिक तथा ब्यबहारिक ज्ञान दिन का लागि विद्यार्थी लाई चुनावी माहोल मा अव्यवस्थ गराएको हो।

कलेज का शिक्षक नितेश साह मुख्य निर्वाचन अधिकृत भइ गरिएको निर्वाचन मा कप्तान तर्फ ८ जना र उपकप्तान तर्फ ६ जना ले भाग लिएका थिए ।कुल १४८ मत खसेको मा कप्तान तर्फ विद्यार्थी हरु रिता थापा १४ मत, काब्या ठ्कुरी २६मत ,आवास श्रेष्ठ १० मत,बाबुल बिष्ट २१ मत,अस्मिता अधिकारि ०२ मत युबराज दुलाल २६ मत ,कौसल बानिया १० मत र उपकप्तान तर्फ एन्जिला शेर्पा २२ मत,उषा पाचकोटि ४ मत,नेहा बोहरा ३८ मत,सृष्टि बुढाथोकी ६ मत ,लक्ष्मी घिसिङ १६ मत प्राप्त गरे। कप्तान तर्फ अफजल गुरुङ ले ३७ मत प्राप्त गरि बिजयी भए भने उपकप्तान तर्फ ५३ मत ल्याइ जेशिका राई बिजयी भइन ।


कप्तान र उपकप्तान को चुनाव मा मत संख्या १७८ जना मा १४८ मत खसेको थियो।कप्तान तर्फ २ र उपकप्तान तर्फ १४ मत बदर भएको थियो। शिक्षक हरु मनोज बस्नेत ,बिनोद लामा ,इन्दिरा खड्का ,राअम चन्द्र पोखरेल ,अनमोल गिरि,प्रवेश खनाल ले मतदान सहायक को रुपमा ,अनुगमन मा बिजया भन्डारी ,भुवन दङाल र निर्वाचन आयोग का समिती का रुपमा सुधिर भट्टराई ,यज्ञराज कडरिया र दीपक दास ले कार्यसम्पादन गरेका थिए ,बिजेता विद्यार्थी लाइ प्रमाणपत्र र सपत ग्रहण एकाडेमिक डाइरेक्टर बसन्त टन्डन क्षेत्रीले गराएका थिए ।