Kanakai Online

श्रमजिवि पत्रकारले अव नाम र दाम दुबै कमाउने वातावरण बन्छ, झापाली


आइतवार, माघ १५, २०७९ |

कनकाई अनलाईन

प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर झापाले आइतवार आज बिर्तामोडस्थित गौरीशंकर प्रतिस्ठानमा संगठनको १९ औं स्थापना दिवस मनाएको हो ।

प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज झापालीको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संगठनका झापा सह–सचिव सन्तोष शर्माले गरेको कार्यक्रममा प्रमुख अतिथि झापालीले संगठनलाई चलायमान बनाउन आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य झापालीले श्रमजिवि पत्रकारले अबका दिन नाम र दाम दुबै कमाउने वातावरण बनाउन संगठन सरकार र सरोकारवाला पक्षसग समन्वय गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रमको सञ्चालन संगठनका झापा सचिव उद्धव पुरीले गरेका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल झापाका कोषाध्यक्ष पुष्प खड्का, सदस्य होमप्रकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।