Kanakai Online

सुरुङ्गामा घर भाडामा लिएर ब्राउन सुगरको कारोवार


शुक्रवार, माघ १३, २०७९ |

कनकाई अनलाईन

झापा सुरुङ्गामा घर भाडामा लिएर ब्राउन सुगरको कारोवार गर्ने गरेको पाइएको छ । प्रहरीले कनकाई नगरपालिका ३ झर्ना टोलबाट सुरज थापाको घरबाट लागुऔषध २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाको प्रहरी कमाण्डमा रहेको प्रहरी टोलीेले थापाको घरमा डेरा गरि बस्ने सुमन चौधरीको कोठाबाट खानतलासी गर्दा गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु एक थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया तीन हजार दुई सय र मे १०प ५७१४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।

उक्त सामान बरामद भए संगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । साधा पोशाकमा रहेको जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले घरमा खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । फरार चौधरीको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।