Kanakai Online

“लिटेरेरी मिसनमा अगाडि बढ्दै रोटरी


बुधवार, माघ ११, २०७९ |

कनकाई अनलाइन

रोटरी क्लब काठमाडौं र Rotary district 3292, रोटरी नेपाल लिटेरेरी मिसनले पब्लिक स्कुल टिचर्स काे लागि ICT Training जस्तो महत्वपूर्ण कार्यक्रम संयुक्त रुपमा सन्चालन गरेको छ।

उक्त कार्यक्रममा महानगरपालिकाका १२ विध्यालयका १५ जना शिक्षकहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रम को समापन समारोह रोटरी क्लब काठमाडौंका पूर्व अध्यक्ष राजेन्द्र कुमार दाहाल को सभापतित्व एवम रोटरेरी नेपाल लिटेरेरी मिसनकाअध्यक्ष PDG Rtn तिर्थमान शाक्यको प्रमुख आथित्यमा सन्चालित उक्त कार्यक्रममा रोटरी नेपाल लिटेरेरी मिसनका सह अध्यक्ष PDG Rtn किरणलाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो। उक्त ट्रेनिङको सहजीकरण रोटरी क्लब काठमाडौंका सह सचीव केशवराज ज्ञवालीले गरेका थिए। त्यसै गरि उक्त कार्यक्रम को उदधाटनमा रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष अचुत बाबुओझा, काठमाडौ महानगर पालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बोल्नु भएको थियोे ।

विशेष अतिथि सुबेदिले आगामी दिनहरुमा शिक्षकहरुलाई motivate गरि शिक्षा को गुणस्तर बढाउन यस्ता कार्यक्रमहरु अर्थपूर्ण हुने कुरा बताउनु भयो। रोटरी क्लब काठमाडौंका TEACH अध्यक्ष तीर्थराज दाहालले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु लगातार विभिन्न निकायहरुको समन्वयमा सन्चालन गरिने कुरा बताउनु भयो।रोटरी क्लब काठमाडौंले लक डाउनको बेलामा पनि देश व्यापी रुपमा जुम कक्षा सन्चालन गरेको थियो। रोटरी क्लबको यो चौथो ICT तालिम हो।