Kanakai Online

लायन्स क्लव कनकाईद्धारा भानुभक्त विद्यालयमा स्वीटर र डेक्स वेञ्च


आइतवार, माघ ८, २०७९ |

कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई सुरुङ्गाले झापा गाउँपालिका ३ स्थित भानुभक्त आधारभुत विद्यालयका २२० जना विद्यार्थीलाई जाडोको न्यानो स्वीटर र कक्षा कोठामा डेक्स बेञ्च प्रदान गरेको छ ।


लायन्स क्लव सुरुङ्गाका संस्थापक अध्यक्ष एवम लायन्स क्लवका क्याबिनेट सेक्रेटरी लीला चिमरियाको नेतृत्वमा गएको लायन्सको टोलीले उक्त विद्यालयमा अध्यानरत् सबै बिद्यार्थीलाई न्यानो कपडा स्वीटर बितरण गरेको हो । लायन्सको टोलीले हरेक बर्ष दुर्गम र अति पिछाडिएको समुदायको वालवालिका अध्यान गर्ने विद्यालयमा हरेक बर्ष न्यानो कपडा, कम्युटर, शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको लायन्स क्लव कनकाईका अध्यष लायन डिआर सुवेदीले बताउँनुभयो । यसवर्ष भानुभक्त आधारभुत विद्यालयका सबै विद्यार्थीलाई न्यानो स्वीटर र कापि प्रदान गरिएको हो ।

विद्यालयमा विद्यार्थीहरुका लागि बस्ने डेक्स बेञ्च नभएको पाइएपछि सुरुङ्गास्थित श्री हरिकुल नमुना माध्यमिक विद्यालयको समन्वयमा उक्त विद्यालयमा १२ सेट विद्यार्थीलाई बस्नका लागि डेक्स बेञ्ज समेत प्रदान गरिएको लायन्स क्लव कनकाई सुरुङ्गाका पुर्व अध्यक्ष साजन थापाले बताउँनुभयो । उक्त अभियानमा हरिकुल नमुना माविको साथमा बिर्तामोडका लायन अनन्तलाल महत्तो लगायातको समन्वय रहेको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका उपाध्यक्ष सन्जय गजुरेलले बताउँनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लायन्सका डिजी धिरज गुरुङ्ग, प्रथम लेडी रेखा गुरुङ्ग, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष अन्जुदेवि थपलिया, लायन्स लिडर रमेश खत्री लगायातको आतिथ्यता रहेको थियो ।
जहाँ समस्या त्यहा लायन्स नारा रहेको लायन्स क्लव अफ कनकाई सुरुङ्गाले यसअघि समेत झापा गाउँपालिकाका अन्य विद्यालयहरुमा समेत शैक्षिक र भौतिक सामाग्रीहरु न्यानो कपडा बितरण गर्दै आइरहेको लायन्स क्लवका पुर्व अध्यक्ष मनोज बस्नेतले बताउँनुभयो ।