कनकाई अनलाईन
झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।
आज कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकाको चुनौतीलाई ३— ० को सोझो सेटमा हराउदै झापा गाउँपालिका यस बर्ष पनि प्रदेश च्याम्पियान भएको हो । उपाधि सगै झापा गाउँपालिकाले नगद १ लाख ११ हजार १११ रुपैँया प्राप्त गरेको छ । उपबिजयी बनेको दमक नगरपालिका भने नगद ६१ हजारमा चित्त बुझाएको छ ।
स्थानीय सुरुङ्गा जेसिजद्धारा आयोजित यस प्रतियोगिताको अघिल्लो संकरणमा समेत यी दुबै टिम फाईनलमा पुगेको थिए । अघिल्लो संकरणमा झापा गाउँपालिका दमकसग पराजित बनेको थियो । यो जितसगै झापा गाउँपालिकाले दमकसगको पराजयको बदला समेत लिएको छ । झापा गाउँपालिकाले आफ्नो दबदबालाई कायम राख्दै झापा गाउँपालिकाले शानदार बिजयी हासिल गरेको झापा गाउँपालिका भलिबल टिम कोच तथा नेपाल भलिबल संघका पुर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका गजेन्द्र ताम्लीले बताउँनुभयो । यो जितसगै झापा गाउँपालिकाका खेलाडी, खेलप्रेमी र जनप्रतिनिधिहरुको राष्ट्रिय खेल भलिबल प्रतिको माया र लगावलाई प्रतिनिधित्व गरेको बताउँनुभयो । झापा गाउँपालिका टिम च्याम्पियान बनेसगै कनकाईसगको कुराकानीमा ताम्लीले भलिबल खेलका लागि झापा गाउँपालिका इतिहास देखि बर्तमानसम्मको भुमिका प्रस्ट भएको प्रतिक्रिया दिनुभएको छ । भलिवल खेलाडीको हौसला वढाउनका लागि झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, उपाध्यक्ष अन्जुदेवि थपलिया, वडाअध्यक्ष लगायातको टिम खेल मैदानमा पुगेका थिए । आजको खेलको जित निकाल्ने क्रममा झापाले दमकलाई पहिलो सेट २६–२४, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२२ मा रोकेको हो । फाईनल खेलको म्यान अफ द म्याच झापाका रबिन गौतम घोषित भए उनले नगद एक हजार हात पारे । यसैगरि प्रतियोगिताकै उत्कृष्ट ब्लकर झापाकै रोहित शिवाकोटी भए भने उत्कृष्ट स्पाईकर झापाका समिप श्रेष्ठ, उत्कृष्ट कुईकर दमकका पुकार तामाङ र उत्कृष्ट लिफ्टर दमककै राजन लिम्बू हुँदै नगद ५ हजारका दरले पुरस्कार पाउदा सर्वोत्कृष्ट खेलाडीको उपाधि झापा गाउँपालिकाका विष्णु बस्नेतले २४ इन्चको रंगीन टि.भी पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, झापा गाउँपालिकाका प्रमुख जयनारायण शाह, उपाध्यक्ष अञ्जुदेवी थपलिया, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी लगायतले पुरस्कार र नगद प्रदान गर्नु भयो ।
माघ ३ गते सुरु भइ ७ गते समापन भएको प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको हो । प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएका थिए ।