कनकाई अनलाईन
काठमाडौं, माघ ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रास्वपाका सोविता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल श्रेष्ठ नेकप ९एमाले०, नारायणी शर्मा ९माओवादी केन्द्र० र राजेन्द्र प्रसाद लिङ्देन ९राप्रपा० रहनुभएको छ । रानालाई सत्ता साझेदार दलहरूको समर्थन रहेको छ ।