Kanakai Online

कनकाई ४ का सुवेदी पक्राउ


मङ्गलवार, माघ ३, २०७९ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ निवासी शिवु सुवेदीलाई बैकिङ्ग कसुर मुद्धामा प्रहरीले पक्राउ गरेको छ ।


सुवेदीलाई १ दिन कैद १ लाख ५ हजार जरिवाना र पिडितको राहत कोषमा ४ हजार २०० रुपैँया जम्मा गर्न उच्च अदालत बिराटनगरले फैसला गरेको थियो । अदालतको फैसला कायान्वयका लागि प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट खटिआएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउँनुभयो । पक्राउ गरिएका कनकाई नगरपालिकाका सुवेदीलाई फैसला कायान्वयनका लागि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।