कनकाई अनलाईन
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको यही माघ ६ गते हुने निर्वाचनमा अध्यक्षका चार प्रत्यासी मैदानमा उत्रिएका छन् । प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्च नेपालले राजेन्द्र भण्डारी अध्यक्ष र कनकाईका मिलन कट्टेल महासचिव रहेको प्यानल मैदानमा उतारेको छ । भण्डारी र कट्टेल दुवै युवा ब्यवसायी हुन् ।
एमालेका महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि राखी शनिबार मंचले भण्डारीको नेतृत्वमा संघको निर्वाचनका लागि उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ ।
राजेन्द्र भण्डारी नेतृत्वको संयुक्त ब्यवसायिक समूहबाट प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री ९कुमार०, द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल उम्मेदवार बनाएको छ ।
त्यसैगरी, सचिवमा राजेन्द्र अधिकारी, कोषाध्यक्षमा सरिता घलेलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ ।
त्यसैगरी सदस्यहरुमा देउमान सुब्बा९डीएम सुब्बा०, शिवहरि मैनाली ९शितल०, आनन्द कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बाँस्तोला, श्यामचन्द्र खतिवडा र उमेश महतोलाई उम्मेदवार बनाएको छ ।
भण्डारी नेतृत्वको संयुक्त ब्यवसायिक समूहबाट महासचिवका उम्मेदवार मिलन कट्टेलले आफूहरुको टीमले संघमा जितेमा ब्यवसायिक हकहितको लागि डटेर लाग्ने बताए । उनले भने– बार्षिक ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याउने बैदेशिक रोजगार ब्यवसायलाई मर्यादित र ब्यवस्थित गर्ने हाम्रो मुख्य एजेन्डा हो । ब्यवसायीहरुले कामदार बिदेश पठाएबापत एक महिनाको तलव बराबर सेवा शुल्क पाउनुपर्ने माग पूरा गराउनेछौं । हाम्रो समूहले संघमा जितिसकेपछि विदेशमा कामदारले कुनै समस्या भोग्नुपरेमा बैदेशिक रोजगार विभागमा जानुनपर्ने बनाउने प्रतिबद्धता प्रकट गर्दछौं ।
कट्टेलले भने–१ सय कामदार नउडाउने म्यानपावरको लाइसेन्स खारेज गर्ने प्रावधान हटाउनेछौं । विदेशस्थित नेपाली दूतबासमा ब्यवसायीले भोग्नुपरेको झन्झट अन्त्य गर्ने, नेपालीलाई बैदेशिक रोजगारीबाट देशको अर्थतन्त्र धानिएको सरकार र आमजनताको बीचमा पुर्याउने, अभियन्ताका नाममा म्यानपावरमाथि भइरहेको ज्यादतिको अन्त्य गर्ने एजेन्डा रहेको कट्टेलले बताए । कट्टेलले भने–देशको अर्थतन्त्र धान्दैआएका ब्यवसायीमाथि अभियन्ताका नाममा आक्रमण जारी रहेमा सामाखुसी प्रकरण दोहोर्याउने बताए । उनले भने–ब्यवसायी संघको नाम सुनेपछि कथित अभियन्ता भाग्ने अवस्था सृजना गर्नेछौं । स्मरण रहोस्, १ बर्षअघि माघमा अभियन्ता भन्दै सामाखुसीमा म्यानपावर ब्यवसायीमाथि अभद्र ब्यवहार गर्ने युट्युबरमाथि आक्रमण भएको थियो ।
भण्डारी नेतृत्वको समूहले घरेलु कामदार पठाउने एजेन्डा कार्यान्वयन गर्न सरकारसँग तत्कालै पहल गर्ने कट्टेलले बताए । असुरक्षित रुपमा ठूलो संख्यामा घरेलु कामदार विदेशमा रोजगारीका लागि गएको अवस्था छ । संघमा आफूहरुले नेतृत्व लिनासाथ बैधानिक रुपमा सुरक्षित रोजगारीको ग्यारेन्टी गरी घरेलु कामदार पठाउने ब्यवस्थाको लागि लाग्नेछौं, उनले भने ।