कनकाई अनलाईन
परम्परागत रुपमा कनकाई माईको किनारामा लाग्दै आइरहेको मकर मेला शुक्रवार आजदेखि सुरु भएको छ ।
धार्मिक रुपमा लाग्दै आएका मकरमेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।
मेला माघ २ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष श्याम राईले बताउँनुभयो ।
मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले पापकर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोग समेत निकोहुने जनविश्वास रहिआएको छ ।
कनकाई माईको दुबै किनारामा लाग्ने मेलामा मेला भर्नका लागि नेपाल तथा भारतबाट समेत हज्जारौको सङ्ख्यामा भक्तजनहरु आउने गर्दछन । मकर मेला माघ १ गतेको मकर संग्रान्तिका दिन विशेष रुपमा लाग्दै आइरहेको छ भने मेलामा खेल तमासा र विभिन्न खाद्यान्न परिकारहरुको स्टल राखिएकाअे मेला आयोजक समितिका अध्यक्ष श्यामकुमार राईले बताउँनुभयो ।
मेला उदघाटन कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी, ३ का वडाअध्यक्ष युवराज चम्लगाई, एमालेका नगर अध्यक्ष खडग प्रसाई कांग्रेसका नगर सभापति दुर्गा प्रसाई माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई राप्रपाका इन्द्र रोक्का लगायातले मेलाको पौराणिक र मनोरन्जनात्मक पक्षका वारेमा बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन संचारकर्मी अनुप भण्डारीले गर्नुभएको थियो । मेला उद्घाटनपछि अतिथिहरुले मनोरञ्जनात्मक खेल तमासाहरुको अवलोकन समेत गर्नुभएको थियो ।