कनकाई अनलाईन
वैदेशिक रोजगारीमा रहनुभएकी कनकाई नगरपालिका निवासी सुष्मा दाहालले कनकाई नगरपालिका ४ का अतिविपन्न ३० घरपरिवारलाई जाडोको लागि न्यानो ओढ्ने लुगा र पुकार अपाङ्ग अशक्क्त समाजका १५ जना वालवालिकालाई न्यानो कपडा र खाद्यान्न प्रदान गर्नुभएको छ ।
जाडोका वेलामा कनकाई माईमा गिटी चालेर जिविका पार्जन गर्दै आउँनुभएका ३० परिवार र शारिरीक रुपमा असक्त रुपमा रहेका वालवालिकाहरु रहदै आएका पुकार अपाङ्ग असक्त समाजका वालवालिकाहरुलाई ती सामाग्री प्रदान गर्नुभएको हो । जाडोका वेला ती सामाग्री पाएपनि दैनिक काममा जान र विहान वेलुकाकाको जाडोका वेलामा मद्धत मिलेको स्थानीयको भनाई छ । सुष्मा हाल छुट्टीमा घर आउनुभएको हो ।
कपडा वितरणका वेला कनकाई नगरपालिका ४ नम्बर वार्डका वडाअध्यक्ष रोषन सुवेदी, कार्यपालिका सदस्य मन्दिरा विक, दाता परिवारका शंकर भट्टराई, पुर्व वार्डअध्यक्ष कमल पन्त लगायातको आतिथ्यता रहेको थियो । आफुले आगामी बर्षमा समेत छुट्टिमा आउदा नगरका असहाय र असक्तहरुमा मद्धत गर्ने दाता सुष्मा दाहालले बताउँनुभयो । जाडोमा न्यानो कपडा र खाद्यान्न सहयोग पाएपछि कनकाई नगरपालिका ४ को पुकार अपाङ्ग सरोकार समाजकी अध्यक्ष निर्मला ओझाले नानीहरुका लागि सहयोगल जिवनयापन र दैनिकी सहज बनाउन ठुलो मद्धत मिलेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदीले कनकाई नगरपालिका ४ को भौगोलिक विकटता र गरिब र दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने समुदायको वाहुल्यता रहेकोले जाडोको समयमा न्यानो कपडाले जीवन जीउन मद्धत मिलेको बताउँनुभयो । मनकारी मनहरुकै कारण गरिब परिवारको जाडोमा न्यानो कपडा पाएको वडाअध्यक्ष सुवेदीको भनाई थियो । कार्यक्रममा बोल्दै सहयोगी दाता सुष्मा दाहालले आफुले सोचेको भन्दा धेरै गरिव परिवारको विजोग अवस्था पाएको भन्दै अव हरेक बर्ष यस क्षेत्रका कमजोर आर्थिक अवस्थाका नागरिकका लागि केही न केही सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य लीलाराज झापाली लगायातले दाता परिवारलाई धन्यावाद ज्ञापन गरेका थिए ।