Kanakai Online

कनकाई नगरपालिकाको स्वास्थ्य शिविर, २१५ मुटुरोगीको निशुल्क उपचार


मङ्गलवार, पौष २६, २०७९ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाको आयोजनामा कनकाई नगरअस्पतालमा आयोजित एक दिवशीय निशुल्क मुटुरोगीहरुका लागि स्वास्थ्य शिविरमा २१५ जना मुटुरोगीहरुले स्वास्थ्य लाभ पाएका छन । आज कनकाई नगरअस्पतालमा मुटु तथा सुगर प्रेसर रोगीहरुलाई लक्षित गरेर एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।


बिएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा २१५ जनाको मुटुको इसिजी र ११५ जनाको इको गरिएको कनकाई नगरपालिकाका वार्ड सदस्य गोविन्द सुवेदीले कनकाई अनलाईनलाई बताउँनुभयो ।
स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर उमेशकुमार यादव सहितको १५ जना स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
स्वास्थ्य कर्मी चिकित्सकको टोलीले मुटु सम्बन्धि चेकजाँच र निशुल्क औषधि समेत वितरण गरेको थियो । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले हरेक महिना यस प्रकारको स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । स्वास्थ्य जाँचमा समस्या भएका विरामीहरुका लागि विशेष छुटमा उपचारको प्रबन्ध मिलाइएको अस्पतालले जनाएको छ । उपचारका लागि कनकाई नगरपालिका सहित छिमेकी देश भारत र छिमेकी पालिकाबाट समेत विरामीहरु स्वास्थ्य जाँचका लागि कनकाई नगर अस्पतालमा आएका थिए ।