कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ८ का २७ घरपरिवारलाई जग्गाधर्नीपुर्जा बितरण गरिएको छ ।
बषौदेखि भोगचलन गर्दै आइरहेपनि धनीपुर्जा बितरण हुन नपाएका २७ घरपरिवारलाई जग्गाको धनीपुर्जा बितरण गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । जग्गा धनीपुर्जा २० जनालाई सुकुम्वारीका रुपमा निशुल्क र ७ जनालाई अव्यवस्थित बसोवासीका आधारमा केहि शुल्क लिएर धनीपुर्जा बितरण गरिएको कनकाई नगरप्रमुख पोखरेलले बताउँनुभयो । जग्गाधनीलाई राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष तिलक पाण्डे, नगरप्रमुख पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी लगायातले जग्गाको पुर्जा प्रदान गनुभएको हो । जग्गाको लालपुर्जा वितरण गर्दै राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले विभिन्न प्राविधिक कठिनाई र राजनैतिक फेरबदलका कारण नेपालमा विभिन्न २३ वटा भुमि आयोग गठन भएपनि जनताले पुर्णरुपमा धनीपुर्जा पाउन नसकिएको बताउँनुभयो ।
कनकाई नगरपालिकामा ७ हजार घरपरिवारले सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा धनीपुर्जाको फर्म भरेपनि आशातित काम भने हुन नपाएको कनकाई नगरपालिकाकी भुमि साखा संयोजक रन्जिता कट्टेलले बताउँनुभयो । नगरपालिकाका सबै ९ वटै वार्डहरुमा धनीपुर्जाका लागि तथ्याङ्ग संकलन रुजु र नापी समेतका प्राय कामहरु सकिसकेको कट्टेलले जानकारी दिनुभयो ।
धनीपुर्जा पाएपछि वल्ल आफुहरु नेपाली भएको महसुस भएको धनीपुर्जा लिएपछि कनकाई ८ कि मनमाया जोगीले बताउँनुयो । आफुले बसोबास गरिरहेको ५ धुर जमिन पनि कसैले आएर छाड भन्छ कि भन्ने डर थियो अब कम्तीमा ढुक्क भयो जोगीले भन्नुभयो । आफ्ना हजुरबुबा समेत ऐलानी जमिनमा बसेको र बाबु हुदै आफ्ना पालामा समेत ऐलानी जग्गाबाटै अंशमा उक्त जमिन पाएको जोगीको भनाई थियो । बसोवासको ५० बर्षमै भएपनि जग्गाको लालपुर्जा पाएको जोगीले बताउँनुभयो । आफु बसेको जग्गाको धनीपुर्जा नपाउदा दोस्रो दर्जाको नागरिकको जस्तो भएर हेपिएर बस्नुपरेको कनकाई ८ का टिकाराम लुईटेलले बताउँनुभयो । कम्तीमा १० बर्षसम्म विक्री बितरण गर्न नपाउने गरि धनीपुर्जा बितरण गरिएको नगरप्रमुख पोखरेलले बताउँनुभयो । आगामी दिनहरुमा क्रमश ५ नम्बर, ७ नम्बर र ३ नम्बर सहित वडाका सबै वार्डहरुमा धनीपुर्जा वितरणको काम थालनि गरिने कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले बताउँनुभयो ।
कनकाई नगरपालिकाले यसै महिना वडानम्बर ५ र ८ का केहि भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई धनीपुर्जा वितरणको तयारी थालेको छ ।