Kanakai Online

नव जागरण सम्वृद्धिको नवौ साधरणसभा


शुक्रवार, पौष २२, २०७९ |

कनकाई अनलाईन
नव जागरण सम्वृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाको ९ औ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
सुरुङ्गास्थित खानेपानी सरसफाईको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष जनार्दन उप्रेतीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले अघिल्लो बर्षको तुलनामा ७८ प्रतिशत नाफा कमाउन सफल बनेको प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै सहकारीले चाडै कृषकलाई लक्षित गरि दुध डेरी र दुध सग सम्बन्धित उद्योग संचालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।
सहकारीले कृषि तथा पशुपालनमा समेत सामुहिक जमानीमा ऋण प्रवाह गर्न लागेको समेत जानकारी दिनुभयो ।
सोही कार्यक्रमका विच सहकारीले उत्कृष्ट वचतकर्ता रामबहादुर लिम्बु र असल ऋणी सन्जय सेढाई र उत्कृष्ट कर्मचारीका रुपमा उमाप्रसाद अधिकारीलाई सम्मान समेत गरिएको थियो ।


सम्मानित व्याक्तिहरुलाई कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, पृथ्वी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमारमणि पोखरेल, भगवती साकोसका अध्यक्ष ख्याम प्रसाई, सहकारीका अध्यक्ष जनार्दन उप्रेतीले सम्मान गर्नुभयो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष जानुका आचार्य र सचिव बद्रीकुमार दाहालले गर्नुभएको थियो । भने कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष चम्लगाई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, कनकाई सहकारी साखा प्रमुख हरिप्रसाद पौडयाल, पृथ्वी साकोसका अध्यक्ष कुमारमणि पोखरेल, भगवती साकोसका अध्यक्ष ख्याम प्रसाई, भीमसेन वचतका उपाध्यक्ष रत्नकुमार श्रेष्ठ लगायातले कनकाई नगरका उद्धेश्य मिल्ने सहकारीविच एकिकरण हुनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रमका विच सहकारीका सदस्य समेत रहनुभएका ओम कडेँलले मिठो बासुरीको धुन समेत सुनाउनुभएको थियो ।