Kanakai Online

मोटरसाईकल र स्कुटी जुध्दा मोटरसाईकल चालकको मृत्यु


बिहिवार, पौष २१, २०७९ |

कनकाई अनलाईन
झापाको कमल गाउँपालिकामा दुर्घटना हुँदा मोटरसाइकल एक जनाको मृत्यु भएको छ ।

कमल–५ लवडाडास्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र१–०१–०१६ प २०९४ नं. को स्कुटी, विपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नं. को मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ नै जाँदै गरेको प्र १–०१–०१५ प ७४८७ नं. को स्कुटी बुधबार वेलुकी साढे ६ बजेतिर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मे २ प २१५७ नं. को मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गापा–७ का ३८ वर्षीय नरेन्द्र सेलिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि उपचारका लागि लाइफलाइन अस्पताल दमक पठाइएकोमा सेलिङको बाटोमै मृत्यु भएको थियो । सोही मोटरसाइकलमा पछाडि सवार शिवसताक्षी–९ का २४ वर्षीय मनोज लिम्बू तल्लो ओठमा सामान्य चोट लागेको छ । उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

दुवै स्कुटी चालक इलाम चुलाचुली–१ का ३५ वर्षीय सन्तोष लिम्बु, ओखलढुङ्गा सिद्धीचरण–२ का २४ वर्षीय तेजराज कटवाल र तिनै वटा सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित खबर