Kanakai Online

प्रजातन्त्रका सेनानी तुर्सा हेमरमको २६ औ स्मृति दिवश सुरुङ्गामा मनाइयो


बुधवार, पौष २०, २०७९ |

सिएम शर्मा
नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ्गले नेपालको सांसद गफाडीहरुको थलोका रुपमा विकास भइरहेका भन्दै सांसदलाई जनताको काम गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताउँनुभएको छ ।


बुधवार झापाको कनकाई नगरपालिका १ स्थित प्रजातन्त्रका सेनानी तुर्सा हेमरमको २६ औ स्मृति दिवशमा बोल्दै कांग्रेस नेता गुरुङ्गले राजनितिका लागि दाजुभाई विच काटमार र विचारको खडेरी भईरहेको भन्दै राजनितिका लागि नेताले पदमा पुगेर कद घटाउने काम गरिरहेको आरोप लगाउँनुभएको छ । राजनिति जनताका लागि गर्नेहरुका लागि तुर्सा हेमरम शिक्षा र आदर्श भएको नेता गुरुङ्गको भनाई थियो । राजनिति जनताप्रति गरिने समपर्ण भएको भन्दै नेता गुरुङ्गले यस आदर्शका लागि हेमरम उपयुक्त पात्र भएको बताउँनुभयो । २००७ सालको प्रजातन्त्रका सेनानी हेमरम सन्थाल समुदायका अग्रज र तत्कालिन नेता विपि कोइरालाका सहकर्मी नेता हेमरमको २०५४ सालमा ७४ बर्षको उमेरमा निधन भएको थियो ।

कार्यक्रममा बोल्दै देशको नेताहरुले समस्या देखाउने र यसका वारेमा सांसदमा वहस मात्रै गर्ने ख्याल ठट्टा गर्ने गरेको भन्दै नेताले समस्याको समाधान समेत निकाल्नुपर्नेमा जोड दिनुभयो । देशको सबैभन्दा ठुलो समस्या हाल भ्रष्टाचार भएको भन्दै यसको जरैदेखि निर्मुल नपारिकन देशको विकास सम्भव नभएको गुरुङ्गको भनाई थियो । देशले २०४६ पछि प्राय राजनेताहरु जन्माउनै नसकेर पनि देश अप्ठ्यारोमा परेको नेता गुरुङ्गको भनाई थियो । अर्को प्रसंगमा नेता गुरुङ्गले कांग्रेसका नेताहरु वढी विश्वासमा पर्दा समेत सक्ताबाट पाखा लाग्नुपरेको बताउँनुभयो । प्रचण्ड एमाले अध्यक्ष केपीशर्मा ओलीकोमा पुगेर वार्दलीमा पुगेर हात हल्याईसक्दा समेत उहाँ भात खान जानुभएको आइहाल्नुहुन्छ भनेर कांग्रेस नेताहरु वालुवाटारमा पर्खेर बसेको गुरुङ्गको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रदेश एकका अध्यक्ष तथा प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कांग्रेसका लागि सक्ता बाहिर रहनु यो पहिलो मात्रै घटना नभएको भन्दै २ बर्षपछि पुन कांग्रेसकै नेतृत्वमा देशको जिम्बेवारी आउने दावी गर्नुभयो । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य सुशिला ढकाल, जिल्ला सभापति देउमान थेबे, कांग्रेस नेता डिल्ली सिटौला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायातले सन्थाल समुदायका अग्रज नेता हेमरमले देशमा प्रजातन्त्र प्राप्तिका लागि जेल नेल र समुदायलाई आन्दोलनमा लाग्नका लागि ठुलो उर्जा थप्नुभएको बताउँनुभयो ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठान कनकाईका उपाध्यक्ष लखन हेमरमको सभापतित्वमा आयोजित कार्यक्रमको सचिव कुमारमणि पोखरेलले सन्चालन गर्नुभएको थियो । सोहि कार्यक्रममा सन्थाल युवाहरुका लागि मौलिक खेलहरु धनुषकाण, छेलो र प्रतिस्पर्धात्मक नृत्य कार्यक्रमको समेत आयोजना गरिएको थियो ।