Kanakai Online

माइती नेपाल भन्छ, चेलीवेटी वेचविखनको घटना घटदो


शनिवार, पौष ९, २०७९ |

कनकाई अनलाईन
नेपालको पुर्वी नाका काकडभिट्टा र बाहुनडाँगी हुदै नेपाली चेलीवेटीहरु भारतीय क्षेत्रमा विक्री वितरणको घटनामा कमि आएको माइती नेपाल काकरभिट्टाले जनाएको छ ।


माइती नेपालले आफ्नो एक बर्षभित्रमा गरेका कार्य सम्पादनका कार्यक्रमहरुको विवरण पत्रकार अन्तक्रियाको कार्यक्रम गरि सार्वजनिक गरेको हो । माइती नेपालका काँकडभिट्टा कार्यालय प्रमुख गोविन्द घिमिरेलले अघिल्लो बर्षको तुलनामा यस बर्षमा यस प्रकारका घटनामा कमि आएको विवरण पेश गर्नुभयो ।

नेपाल प्रहरी सशस्त्र प्रहरी सगै माईती नेपालका कर्मचारीले समेत सिमा नाकामा वढी निगरानी गरेपछि यस नाकाबाट चेलीवेटीलाई ललाई फकाई लैजाने दलालले अन्य झापाकै नाकाहरुको प्रयोग गरेको हुनसक्ने समेत बताउँनुभयो । हामीले यस बर्ष थप सचेतनाका कार्यक्रमहरु गरेका थियौ जसकारण पनि दलालहरुले अन्य मार्ग प्रयोगमा ल्याएको हुनसक्छन घिमिरेले भन्नुभयो । घिमिरेका अनुसार अघिल्लो बर्षमा २२ जना चेलीको उद्धार गरिएकोमा यस बर्षमा १ जनाको मात्रै उद्धार गरिएको छ भने अघिल्लो बर्ष सन २०२१ मा ६६ जना चेलीहरुको रोकथाम गरिएकोमा यस बर्ष सन २०२२ मा यो सङ्ख्या १३४ जना रहेको छ ।

यसैगरि अघिल्लो बर्ष ५८ जना चेली हराएको भनी निवेदन परेकोमा यस बर्षमा ७६ जना चेली हराएको निवेदन परेको छ । यसैगरि अघिल्लो आर्थिक बर्षमा मानव वेचविखनमा १ वटा मुद्धा चलाइएकोमा यस बर्षमा २ वटा मानव वेचविखनको मुद्धा चलाईको छ । अधिकांस मानव वेचविखनका मुद्धाहरु गाउँघरमै मिलाइने गरेको पाइएको समेत घिमिरेले बताउँनुभयो । यसैगरि वलत्कार सम्बन्धि समेत अघिल्लो वर्षमा ३ वटा मुद्धा दर्ता गरिएकोमा यसवर्ष २ वटा दर्ता भएको छ । घरेलु हिसां सम्बन्धि अघिल्लो बर्षमा १७ वटा घटना रहेकोमा यसवर्ष १८ घटना रहेका छन । वोर्डरमा सोधपुछ गरी परामर्श दिएको सङ्ख्यामा अघिल्लो बर्ष ४६८ रहेकोमा यस वर्ष यो सङ्ख्या १०५८ रहेको छ । यसैगरि बोर्डरबाट घर फिर्ता पठार्ईकोमा अघिल्लो बर्ष ५४ जना रहेकोमा यस बर्ष ५० जना रहेका छन । माइती नेपालले बोर्डरमा अघिल्लो बर्ष २२७९ वटा सवारी चेक गरिएकोमा यस बर्षमा ९५५३ वटा सवारीमा चेकजाँच गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपालले भारतका अन्य सामाजिक संघ संस्थासगको समन्वयमा नेपालबाट विक्री भएका चेलीहरुलाई उद्धार र पुर्नस्थापना गर्दै आइरहेको छ । २०५४ सालदेखि माइती नेपालले नेपालको पुर्वी नाका काकडभिट्टामा आफ्नो साखा कार्यालय राखेर सेवा प्रदान गरिरहेको माइती नेपालले जनाएको छ ।
कतिपय अवस्थामा दलाल र पिडित चेलीविचको भाषा नबुझ्दा समेत दलाल उम्कने गरेको कार्यक्रममा जानकारी गराइएको थियो । सरकारी वकिललको कार्यालयबाट समेत मुद्धा दर्ता गराउदा पिडित महिलालाई पटक पटक वयान गर्न लगाउने कामले उनीहरुलाई थप पिडा महसुस हुने गरेको भन्दै यसमा सरकार पक्षबाट समन्वय गरिदिनुपर्नेमा माइती नेपालको जोड थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पुर्व अध्यक्ष मोहनकाजी न्यौपाने, नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमिति सदस्य लीलाराज झापाली, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, कान्तिपुर दैनिकका पर्वत पोर्तेल लगायातले आआफ्नो धारणा राख्नुभएको थियो ।