कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा ९आज० शनिबार बाट सुरु भएको दोस्रो प्रदेश स्तरिय कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई भेट्रान फुटबल क्लब विजयी बनेको छ ।
आयोजक कनकाई भेट्रान क्लब र बिर्तामोड भेट्रान क्लब बिच शनिबार भएको खेलमा बिर्तामोड लाई ४( ० ले पराजित गर्दै आयोजक कनकाई विजयी भएको हो ।
कनकाईको जितका लागी खेल सुरु भएको चौथो मिनेटमै कनकाईका जर्सि नं। ४ का खेलाडी मिलन राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको लगतै खेलको छैटौ मिनटमा कनकाईका जर्सि नं। ७ का खेलाडी सुजित राईले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । लगातार छोटो समयान्तरमा दुई गोल गरेपछि रोमान्चक बनेको खेलको दशौं मिनटमा पुनः जर्सि नं। ७ कै खेलाडी सुजित राईले अर्को गोल गर्दै टिमलाई ३ ( ० को अग्रता दिलाएका थिए । खेलको दोस्रो हाप सुरु भएको पहिलो मिनेटमै पुनं। जर्सि नं। ७ का खेलाडी सुजित राईले गोल गरी आफुले ह्याट्रिक गर्दै टिमलाई ४ ( ० को अग्रता दिलाए ।
अन्ततः बिर्तामोडले समयावधि भर गोल पोष्ट नजिक पटक पटक गोल पुर्याएता पनि कुनै गोल गर्न नसकेपछि आयोजक कनकाई ४ ( ० गोल अन्तरले विजयी बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । खेलमा म्यान अफ दी म्याच बिजेता टिमका ह्याट्रिक कर्ता सुजित राई घोषित भए उनलाई आयोजक क्लबका अध्यक्ष श्याम राईले म्यान अफ दी म्याचको पुरस्कार हस्तान्तरण गरे ।
कनकाई नगरपालिकाका प्रमुख तथा उद्घाटन समारोहका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले रेफ्री लाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिएको कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु , सामज सेवी , उद्योग व्यवसायी , क्लबका सल्लाहकार साथै खेलमा सहयोगी दाताहरुको आतिथ्यता रहेको थियो ।
पहिलो पुरस्कारको राशि १ लाख १ हजार र दोस्रो पुरस्कारको राशि ६१ हजार, मेडल , ट्रफी र प्रमाण पत्र रहेको प्रतियोगितामा आयोजक टिम कनकाई भेट्रान क्लब सहित बिर्तामोड भेट्रान क्लब , दमक भेट्रान क्लब , दुधे भेट्रान क्लब , युनाइटेड भेट्रान क्लब बिराटनगर , उर्लाबारी भेट्रान क्लब , धरान भेट्रान क्लब , र चन्द्रगडी भेट्रान क्लब गरि ८ टिमको सहभागिता रहेको छ ।
पौष १६ गते सम्पन्न हुने प्रतियोगितामा भोलि आईतबारको खेल युनाईटेड भेट्रान क्लब बिराटनगर र उर्लाबारी भेट्रान क्लब बिच हुने आयोजकले जानकारी गराएको छ ।
कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राईको अध्यक्षतामा भएको समुद्घाटन समारोहको संचालन कनकाई खेलकुद प्रतिष्ठाका अध्यक्ष छवि थपलियाले गरेका थिए ।