Kanakai Online

प्रथम भद्रपुर झापा गोल्डकपको पुरस्कार राशी १३ लाख


शुक्रवार, पौष ८, २०७९ |

कनकाई अनलाईन
भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशी १३ लाख राखिएको छ । यही फागुन अन्तिम साता हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।
मितिका वारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।
आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति सुरु भइसकेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
१८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न नसकिएको बेला यस प्रतियोगिताबाटै रङ्गशालाल
काचुली फेर्ने आयोजक समितिका महासचिव जीवन श्रेष्ठले बताउँनुभयो ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिनुभयो । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।
कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठनबाट स्पोन्सरका रुपमा संकलन गरिने सहकोषाध्यक्ष अजय साहेवालाले बताउँनुभयो ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ ।

सम्बन्धित खबर