Kanakai Online

प्रदेश १ मा माओवादीको दलको नेतामा इन्द्र आङ्बो र दुर्गा चापागाइँको दाबी


शुक्रवार, पौष ८, २०७९ |

कनकाई अनलाईन
प्रदेश १ मा माओवादी केन्द्रका संसदीय दलको नेतामा ईन्द्र आङ्बो र दुर्गा चापागाइँले दाबी गरेका छन्।

पाँचथर प्रदेशसभा ख बाट निर्वाचित आङ्बो र तेह्रथुम ९ख० बाट निर्वाचित चापागाईँले दलको नेतामा आ(आफ्नो दाबी पेश गरेका हुन्। दुबै जना माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यसमेत हुन्।

आङ्बो यसअघि पनि दलको नेता भइसकेकाले यसपटक आफूलाई सघाउन चापगाईले उनलाई आग्रह गरेका छन्। प्रदेश–१ मा माओवादीका १३ सांसद छन्। तीमध्ये ९ प्रत्यक्ष र ४ समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।

प्रदेश १ मा पुस ११ मा संसदीय दलको नेता चयन गर्ने माओवादीको कार्यतालिका छ।

सम्बन्धित खबर