Kanakai Online

सुरुङ्गाका हराएका पदमलालको विभत्स हत्या


बिहिवार, पौष ७, २०७९ |

जनक न्यौपाने
घरबाट काँस काटन जान्छु भनि हिडेका झापा कनकाई नगरपालिका ४ इलुवावारीका ५६ बर्षिय पदमलाल वास्तोलाको टाउकोमा धारिलो हतियार प्रहार गरि काँस काटेकै स्थान कनकाई माईको बगरमा विभत्स हत्या गरेर फ्यालिएको अवस्थामा आज बेलुकी ५ बजे शव फेला परेको छ ।
बास्तोला बुधवार दिउसो २ बजेबाट घरबाट काँस काटन जान्छु भनि कनकाई माईखोला बगरमा गएको मृतकका भतिजो टिकाराम बास्तोलाले बताउँनुभयो । हराएका वास्तोलाको शिवसताक्षी नगरपालिका १० स्थित सगरमाथा टोलभित्र कनकाई माईको बगर काँसघारीमा टाउकोमा धारिलो हतियार प्रहार गरि विभत्स तरिकाले हत्या गरेर फ्याकिएको अवस्थामा शव बिहिवार वेलुकी ५ बजे फेला परेको हो । स्थानीय गाईवस्तु चराउन जानेले वास्तोलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वास्तोलाको हत्याको वारेमा सुक्ष्म अध्यान थालिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी रुगमबहादुर कुँबरले कनकाई अनलाईनलाई बताउँनुभयो । मृतकको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरि अनुहार नचिन्निने बनाइएको थियो । मृतकको लुगा र लगाएको चप्पलको आधारमा शवको पहिचान गरिएको थियो । मृतकको शव आफ्नो घरबाट करिव ४ किलोमिटरको दुरीमा फेला परेको हो । कमजोर आर्थिक अवस्थाका वास्तोला अर्काको घरमा बसेर अधिया खेती गर्दै आएका थिए । मृतक वास्तोला शवको छेउमा १० मुठाजति काटेर बिटा बनाएको काँस समेत फेला परेको छ ।

वास्तोला यसअघि समेत एकपटक घर छाडेर हिडेका थिए । उनलाई कनकाई अनलाईनकै सहयोगमा ४ दिनपछि झापा राजगढबाट फेला पारिएको थियो । उनका २ छोरा, १ छोरी र श्रीमती सबैजना भारतको आसाममा बस्दै आएका छन । विगत २० बर्षदेखि परिवारबाट टाडा भएर वास्तोला बस्दै आएका थिए । परिवारकै कारण वास्तोला डिप्रेसनमा गएको र उनी नियमित डिप्रेसनको औषधि समेत सेवन गदै आएका थिए । मृतकको छेउबाट उनले सेवन गर्ने खैनी, चप्पल समेत फेला पारिएको छ ।