Kanakai Online

अर्जेन्टिना भर्सेस फ्रान्स ? हेड टु हेडमा को अगाडि


शनिवार, पौष २, २०७९ |

कनकाई अनलाईन


काठमाडौं । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।

डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जित्यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन ।

पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।

फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ ।

फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई ९सन् १९५८ र सन् १९६२० उपाधि जितेको छ ।

फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ ।

अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ ।

यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।

पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४(३ ले पराजित गरेको थियो ।

यी दुईबीच १९३० को विश्वकपमा पहिलो पटक भेट भएको थियो । जहाँ अर्जेन्टिनाले प्रान्सलाई १(० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३(१ ले पराजित गरेको थियो ।

यी दुईबीच बराबरी भएको तीनवटै खेलमा कुनै गोल भएको थिएन ।

अर्जेन्टिना भर्सेस फ्रान्स हेड टु हेड

खेल स् १२

अर्जेन्टिना विजयी स् ६

फ्रान्स विजयी स् ३

बराबरी स् ३

विश्वकपमा हेड टु हेड

खेल स् ३

अर्जेन्टिना विजयी स् २

फ्रान्स विजयी स् १

अर्जेन्टिना र फ्रान्सबीच अहिलेसम्म भएका खेल

­­­ वर्ष खेल नतिजा इभेन्ट

१ १९३० फ्रान्स ०(१ अर्जेन्टिना फिफा विश्वकप

२ १९६५ फ्रान्स ०(० अर्जेन्टिना मैत्रीपूर्ण खेल

३ १९७१ अर्जेन्टिना ३(४ फ्रान्स मैत्रीपूर्ण खेल

४ १९७१ अर्जेन्टिना २(० फ्रान्स मैत्रीपूर्ण खेल

५ १९७२ अर्जेन्टिना ०(० फ्रान्स ब्राजिल इन्डेपेन्डेन्स कप

६ १९७४ फ्रान्स ०(१ अर्जेन्टिना मैत्रीपूर्ण

७ १८७७ अर्जेन्टिना ०(० फ्रान्स मैत्रीपूर्ण खेल

८ १९७८ अर्जेन्टिना २(१ फ्रान्स फिफा विश्वकप

९ १९८६ फ्रान्स २(० अर्जेन्टिना मैत्रीपूर्ण

१० २००७ फ्रान्स ०(१ अर्जेन्टिना मैत्रीपूर्ण

११ २००९ फ्रान्स ०(२ अर्जेन्टिना मैत्रीपूर्ण

१२ २०१८ फ्रान्स ४(३ अर्जेन्टिना फिफा विश्वकप

सम्बन्धित खबर