
कनकाई अनलाईन
नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटीले हालै निर्वाचित झापा क्षेत्र नम्बर ४ का सांसद लालप्रसाद साँबा एलपीलाई सम्मान गरेको छ ।
हालै यस क्षेत्रबाट निर्वाचित सांसद साँबालाई खेल क्षेत्र र युवाको लागि विशेष कार्यक्रम ल्याउन अनुरोध सहित सम्मान गरेको हो । खेलकुद महासंघ कनकाईका अध्यक्ष तथा जनप्रतिनिधि गोविन्द सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा खेलकुद महासंघका केन्द्रिय लेखा समिति सचिव सुनिल भेटवाल, सचिवालय सदस्य रविन खरेल, कनकाई २ का वडाअध्यक्ष प्रताप राई, सुरुङ्गा बजार व्यावस्थापन समिति अध्यक्ष मनोहरी बिमली लगायातले सांसद साँबालाई सम्मान गर्नुभयो ।
महासंघका पुर्ण लिम्बुले स्वागत गर्नुभएको कार्यक्रममा निर्वाचित सांसद साँबाले युवाको मागलाई सम्बोधन गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।


