
कनकाई अनलाईन
ओझेलमा परेको मेची रङ्गशालालाई थप व्यावस्थित गर्दै प्रचार प्रसार गर्ने उद्धेश्यले भद्रपुर गोल्डकपको आयोजना हुने भएको छ । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताउँनुभयो । भद्रपुर गोल्डकपको आयोजनाका लागि नगरपालिकाबाट ४० लाख बजेट बिनियोजित गरिएको र यसलाई थप व्यावस्थित गर्नका लागि दिपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मुल समारोह समिति समेत गठन गरिएको छ । भने प्रतियोगिता संचालनका लागि नगरपालिकामा सर्वपक्षीय छलफल समेत गरिएको छ ।
सर्वपक्षिय छलफलबाट समितिको अध्यक्षमा ढकाल सहित वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्ष अजय साहेवालालाई चयन गरिएको छ ।
झापा सदरमुकाम चन्द्रगढीस्थित भद्रपुर ८ मा रहेको मेची रंगशालामा पहिले जिल्लास्तरीय र ठुला प्रतियोगिता समेत हुने गरेकोमा पछिल्लो समय यस रङ्गशाला ओझेलमा परेको थियो । गोल्डकपको माध्यमबाट स्थानीय स्तरमा खेलाडी उत्पादनलाई प्राथमिकता दिइएको र एन्फासग समन्वय गरेर फागुन महिनाभित्रै प्रतियोगिता सक्नेगरि मिति तय गरिन लागेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।


