Kanakai Online

सुरुङ्गाको ज्ञानमाला स्मार्ट एकाडेमी तेस्रो बर्षमा, विविध कार्यक्रम गरि मनाइयो


बुधवार, मंसिर २८, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ मा रहेको ज्ञानमाला स्मार्ट एकाडेमीको तेस्रो बार्षिक उत्सव एवम अभिभावक दिवश विविध कार्यक्रमका बिच मनाइएको छ ।
विद्यालयका संस्थापक पिन्सिपल गोपाल संग्रौलाको सभापतित्वमा भएको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।


सो कार्यक्रमका विच विद्यालयमा अध्यानरत् विद्यार्थीहरुद्धारा विविध सास्कृतिक र साङ्गितिक प्रस्तुती, गित,कविता, वक्तृत्वकला लगायातका मनोरञ्जनात्मक प्रस्तुति रहेको उक्त कार्यक्रममा कनकाई नगरपालिकाका शिक्षा, युवा, तथा खेलकुद साखाका प्रमुख पिताम्बर गौतम, कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई नगर प्यासनका अध्यक्ष विनोद सुब्बा, ग्लोवल एजुकेयरका पिन्सिपल विमान लामा लगायातको आतिथ्यता रहेको थियो ।

बार्षिक उत्सवमा बोल्दै विद्यालयका संस्थापक पिन्सिपल गोपाल संग्रौलाले कनकाईका शिक्षासेवीहरुद्धारा स्थापित विभिन्न ३ विद्यालयहरु स्मार्ट मटेश्वरी, विणा मटेश्वरी र ह्रयाप्पी किट्स विद्यालयलाई मर्ज गरि ज्ञानमाला स्मार्ट एकेडेमीको स्थापना गरिएको जानकारी दिदै विद्यार्थीलाई आन्तरिक र बाह्य गतिविधिमा पोख्त बनाउनका लागि विद्यालय परिवार लागि परेको जानकारी दिनुभयो ।
विद्यालयको बार्षिक उत्सवमा यस क्षेत्रका शिक्षासेवी, अभिभावकहरुले वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका अभिभावक संघका अध्यक्ष पुण्य शिवाकोटीले विद्यार्थीको लागि सबै सेवा सुविधा विद्यालयले उपलब्ध गराएको बताउँनुभयो ।

सम्बन्धित खबर