Kanakai Online

मोटरसाईकल चालकको मृत्यु


बुधवार, मंसिर २१, २०७९ |

कनकाई अनलाईन
झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा बुधवार बिहान ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ३ ख २९०४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाइकल बुधवार विहान आज ६ बजे ठोकिदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका १ का २२ बर्षिय ओमप्रकाश राउतको मृत्यु भएको छ ।

मोटरसाईकल चालक राउत घाईते अवस्थामा उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लैजादा उपचारका क्रममा विहानै ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर