Kanakai Online

गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्छु महामन्त्री शर्मा


शनिवार, मंसिर १७, २०७९ |

कनकाई अनलाईन
दमक, मङ्सिर १७ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन परिणामले नेपाली कांग्रेस पहिलो शक्ति बनेकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । उहाँले राजनीतिक परिवर्तनको एजेण्डा अब नरहेको र मुलकलाई रुपाण्तरण गरेर अघि बढ्नु पर्ने दायित्व रहेकाले त्यसलाई पूरा गर्न अबको सरकार लाग्ने बताउनुभएको हो ।

राजनीतिक परिवर्तनको एजेण्डा होइन अब हाम्रो पुरै ध्यान सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्छ र म त्यसमा केन्द्रित हुनेछु, झापाको मेचीनगरमा रोटरी क्लब अफ काकड्भिट्टाको कार्यक्रममा बोल्दै शर्माले भन्नुभयो । मुलक रुपाण्तरणका लागि हामी सबै रुपान्तरित बन्नुपर्छ, उहाँको भनाइ थियो ।

समाज रुपान्तरणमा सामाजिक संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै समाज रुपान्तरण हुँदै गएपछि मुलक नै रुपान्तरण हुने जनाउनुभयो ।

ुुहामी र हाम्रो समाजलाई रुपान्तरण गर्दै लगेपछि मुलक नै रुपान्तरित हुन्छ,ुु शर्माले भन्नुभयो । बोलीमा भन्दा पनि व्यवहारमा रुपान्तरित हुनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

झापाका क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यमा नव निर्वाचित शर्मा केही दिन अघिदेखि गृह जिल्लामा झापामा विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै आउनुभएको छ । उहाँले अब प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनेमा आफू आशावादी रहेको पनि बताउनुभएको छ ।

मैले त यसभन्दा अघि नै बारम्बार पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर प्रतिबद्धता गरिसकेको छुुु, उहाँले भन्नुभयो ।

सम्बन्धित खबर