Kanakai Online

चुनाव जिते अब सबैको साझा भए, साँबा


बिहिवार, मंसिर १५, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्रनम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँबा एलपीले हिजो निर्वाचन अघि नेकपा एमालेको तर्फबाट निर्वाचन लडेर जितेको भएपनि अब निर्वाचन जितेपछि सबै तितोमिठो भुलेर सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने बताउँनुभएको छ ।
आज दोमुखा पालिघरमा निर्वाचनपछि पत्रकार सम्मेलन गर्दै साँबाले निर्वाचनमा बिजयी गराउने सबैलाई धन्यावाद ज्ञापन गरेका छन ।
साँबाले झापा ४ मा कतिपय योजनाहरु ठेकेदार कम्पनीहरुको चरम लापर्वाहीका कारण समयमा निर्माण हुन नसक्दा जनतामा आक्रोस बढिरहेको समेत बताउँनुभययो । यस्ता काम नर्गने ठेकेदारहरुको लिस्ट आफुसग रहेको भन्दै तीनै तहका सरकार र नागरिक समाज पत्रकारहरुको सहयोगमा आफुले भण्डाफोर अभियान थाल्ने समेत जानकारी गराउँनुभएको छ । साँबाले राजनैतिक प्रतिसोधका कारण झापा लगायात देशभर धनीपुर्जा बितरण रोकिएको भन्दै यसवारेमा सम्बन्धित निकायमा ध्यानआकर्षण गराईसकिएको बताउँनुभयो ।
मतदाताहरुको आशा र भरोसा अनुसार अरु ५ बर्ष काम गर्ने प्रतिवद्धता नेता साँबाले गर्नुभयो । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थोप्रा, एमालेका केन्द्रिय सल्लाहकार बालकृष्ण मैनाली, सुर्य उप्रेती, पुर्वसांसद तारा योङहाङ्ग, एमाले नेताहरु खेम मिश्र, रविन्द्र लम्साल, खडग प्रसाई लगायातको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर