Kanakai Online

युटर्न इन्टरनेशनल प्रालिको कनकाई नगर साखा उद्घाटन


बिहिवार, मंसिर १५, २०७९ |

कनकाई अनलाईन
मौरीजन्य उत्पादन र आयुवेर्दिकजन्य पदार्थहरु उत्पादन र विश्वबजारीकरण गर्दै आइरहेको नेपाली कम्पनी युर्टन इन्टरनेशनल प्रालिको कनकाई नगरपालिकास्थित बिक्री कक्षको विशेष कार्यक्रमका विच उद्घाटन गरिएको छ ।


कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, युर्टन इन्रनेशनल प्रालिका डाइरेक्टर अर्जुन गिरी, कनकाई नगरपालिका कार्यपालिका सदस्य कृष्णमाया भुजेल लगायातले उक्त साखाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले जनताको स्वास्थ्य र आर्थिक समृद्धिका लागि सबै नागरिकको समान सहभागिता रहनुपर्ने बताउँनुभयो । कार्यक्रममा बोल्दै युर्टन इन्टरनेशनल प्रालिका अर्जुन गिरीले विश्वबजारमा नेपालका उत्पादनलाई लैजान र नेपालीहरुलाई समेत सामाग्रीहरुको उपभोग गर्न बानी लगाउनका लागि देशका सबैजसो स्थानिय पालिकाहरुमा साखाहरुको स्थापना गर्न लागिएको जानकारी दिनुभयो । युर्टनका कनकाई नगरपालिका साखाका प्रमुख अनुप भण्डारीले नगरपालिका क्षेत्रका र छिमेकी पालिकाहरुका नागरिकलाई स्वास्थ्य राख्नका लागि समेत यस विक्री केन्द्रले मद्धत मिल्ने बताउँनुभयो ।

उदघाटन कार्यक्रमका कनकाई नगरपालिकाका जनप्रतिनिधि, संचारकर्मी र युर्टन कम्पनीका प्रयोगकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर