Kanakai Online

वल्डकपका कारण कनकाई भेट्रान कप सर्यो


सोमवार, मंसिर १२, २०७९ |

कनकाई अनलाईन
विश्वकप फुटवलका कारण झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा हुने भनिएको दोस्रो कनकाई भेट्रान कप फुटबलको मिति सारिएको छ ।


कनकाई माविको खेल मैदानमा यहि मंसिर १६ गतेदेखि हुने भनिएको कनकाई भेट्रान कपको मिति सारेर पुष ९ गते शनिवारका दिनदेखि हुने निश्चय भएको आयोजक कनकाई भेट्रान क्लवका सचिव रमेशचन्द्रबाबु मैनालीले कनकाई अनलाईनलाई बताउँनुभयो । क्लवको शुक्रवार बसेको बैठकले खेललाई थप आकर्षक बनाउनका लागि केहिदिन खेलको मिति सार्ने निर्णय गरिएको आयोजक समितिका अध्यक्ष श्याम राईले बताउँनुभयो । प्रतियोगितामा झापा, मोरङ, सुनसरीका सहित कुल ८ टिमको सहभागिता रहने छ भने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार र दोस्रो हुने टिमले ६१ हजार नगद र ट्रफि पाउने छ । प्रतियोगिता पुष ९ गते सुरु भई १६ गते समापन हुने छ ।

सम्बन्धित खबर