Kanakai Online

धान बोकेको ट्याक्टर पल्टिदा एकको गयो ज्यान


आइतवार, मंसिर ११, २०७९ |

कनकाई अनलाईन
बिर्तामोड नगरपालिका ९ मा धान बोकेको ट्रयाक्टर पल्टिदा शनिवार साँझ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ९ कंचन टोलका अन्दाजी ७२ वर्षिय बुद्धराज श्रेष्ठ रहनुभएको प्रहरीले जनाएको छ । शनिवार साँझ ६.३० बजेतिर थ्रेसर गरेको धान बोकेर आउँदै गरेको प्र१–०१–००१त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा ट्रयाक्टरमा सवार धानधनी श्रेष्ठको मृत्यु भएको हो ।

ट्रयाक्टरको ट्रलीमा राखिएको धानमाथि श्रेष्ठ बस्नुभएको थियो । घाइते श्रेष्ठलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालाँदै बाटैमा मृत्यु भएको थियो । घटनापछि ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर