Kanakai Online

स्वरोजगारको १५ औं बार्षिक साधारणसभा सम्पन्न


आइतवार, मंसिर ११, २०७९ |

कनकाई अनलाईन
स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा शनिवार बिर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केशव बस्नेतको सञ्चालनमा सम्पन्न साधारणसभामा संस्थामा उत्कृष्ठता हासिल गर्ने सेवा केन्द्र, कर्मचारी, शेयर सदस्य, पत्रकारसहितलाई सम्मान गरिएको थियो । संस्थाका ज्येष्ठ शेयर सदस्य महमद गुलाव नवीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा तथा माइन्युट प्रमाणित कार्यक्रममा एकजना पत्रकार लीलाराज झापालीसहित बजार प्रतिनिधि १५ जना, आन्तरिक कर्मचारी ८ जना, पारिवारिक बचतकर्ता ४ जना, असल बचतकर्ता, उत्कृष्ठ ऋणी, बाल बचतकर्ताहरु ४र४ जना गरी १२ जना, स्वरोजगार डिपार्टमेन्टलका उत्कृष्ट खरिदकर्ताहरु ३ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ३ वटा सेवा केन्द्र, झरेन्द्र उप्रेती निरा उप्रेती, डिल्लीमाया आचार्य लगायतलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष बस्नेतले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत गोपाल प्रसाईले र सञ्चालन सचिव मनोज भट्टराईले गरेका थिए ।
१५ वर्ष अगाडि स्थापना भएको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभामा आइपुग्दा १५५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने झापा, इलाम र मोरङमा गरी २८ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । १६ करोड, छ लाख ७७ हजार २१८ रुपैयाँ शेयर पूँजी रहेको संस्थामा ४१ हजार ३९० शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा स्वागत संस्थाका संचालक गोपाल प्रसाईले गर्नुभएको थियो । भने संचालन सचिव मनोज भट्टराईले गर्नुभएको थियो ।