Kanakai Online

झापा ४ को प्रदेश सभामा समेत एमालेको अग्रता


मङ्गलवार, मंसिर ६, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ को प्रदेशसभामा समेत एमालेको अग्रता जारी छ ।


प्रदेश सभाको झापा ४ को १ मा कांग्रेस माओवादी गठबन्धनबाट उम्मेद्धारी दिनुभएका प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामीलाई ३४१ मतले पछाडि पार्दै एमालेका राधाकृष्ण खनालले अग्रता लिनुभएको छ ।

यद्धपि यो मतगणनाको सुरुवाती अग्रता हो । हालसम्म ३८३५ मत गणना हुदा एमालेका राधाकृष्ण खनालले १७६६ मत ल्याएर अग्रता बनाउँदा माओवादी केन्द्रका झलकसिंह दर्लामी शन्देशले १४२५ मत ल्याउनुभएको छ । यसैगरि तेस्रो स्थानमा हाम्रो नेपाल पार्टीका होमनाथ गौतमले १४० मत ल्याउनुभएको छ । यसैगरि संघिय लोकतान्त्रिक राष्ट्रिय मंञ्चका उमानाथ दमाईले दाप सहितको खुकुरीमा ११० मत ल्याउदै चौथो र जनमत पार्टीकी गोन्धा ताजपुरिया ९१ मत ल्याउदै पाचौ हुनुभएको छ । यसैगरि छैठौमा स्वतन्त्र उम्मेद्धार रमेशप्रसाद आचार्य बाघेले ४९ मत ल्याउनुभएको छ । सातौमा स्वतन्त्रका शान्तिराम न्यौपानेले जातो चुनाव चिन्हबाट २८ मत ल्याएर सातौ हुनुभएको छ ।

आठौमा मंगोल नेशनल अर्गानाईजेशनका भरत राईले १५ मत ल्याउदै आठौ स्थानमा रहनुभएको छ । यता राष्ट्रिय जनमुक्ति पार्टीकी घर चुनाव चिन्हबाट संगिता लिम्बुले ८ मत ल्याउदै नबौ स्थानमा रहनुभएको छ । झापा ४ को प्रदेश १ बाट दसौ स्थानमा भने मेहनमान बस्नेत स्वतन्त्रबाट ड्रमसेट चुनाव चिन्हबाट ३ मत ल्याउदै अन्तिममा रहनुभएको छ ।

सम्बन्धित खबर