कनकाई अनलाईन
कनकाई नगरपालिकाका ७ वटा वडाको सबै मतगणना हुदा अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले झापा गाउँपालिकामा पुगेपछि भने अग्रता जोगाउँन सकेन ।
झापा गाउँपालिकाका ३,४,१ र ५ नम्बर वार्डको मतगणना हाल जारी छ । जसमा नेकपा एमालेका एलपी साँबा लिम्बुले १७९२ मतले घण्टीलाई उछिन्नुभएको छ । हालसम्म २५१९३ मत गणना हुदा नेकपा एमालेका एलपी साँबाले ८५३६ मत ल्याउनुभएको छ । यसैगरि दोस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु सुस्केरा ढकालले ६७४४ मत ल्याएर पछ्याई रहनुभएको छ । यस अघि अग्रता कायम गरिरहनुभएका ढकाल भने झापा गाउँपालिकाको मतगणनामा पछि पर्नुभएको छ । झापा गाउँपालिकामा घण्टी चुनाव चिन्हको निक्कै कम मात्रै मत आएको हो ।
यसैगरि तेस्रो स्थानमा नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबेले ६५२८ मत ल्याएर पछ्याईरहनुभएको छ । यसैगरि चौथो स्थानमा स्वतन्त्र उम्मेद्धार खुश्बु ओलीको क्रस खुकुरीले ८५८ मत ल्याउनुभएको छ । पाचौ स्थानमा हाम्रो नेपाल पार्टीका युक्तप्रसाद भेटवालले लौरो चुनाव चिन्हमा ३८८ मत ल्याउनुभएको छ । यसैगरि छैठौ स्थानमा मंगोल नेशनल अर्गानाईजेशनका दिलिप धिमालले कुखुराको भालेले १६६ मत ल्याउनुभएको छ । यसैगरि सातौ स्थानमा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लाहानसिंह तुम्बाफोले दाप सहितको खुकुरीले १०३ मत प्राप्त गर्नुभएको छ । हालसम्म झापा ४ को कनकाई नगरपालिकाका सबै ७ वटा वार्ड गणना भइसकेको छ भने हाल झापा गाउँपालिकाका १,३,४ र ५ नम्बर वार्ड मत गणना भइरहेको छ ।