Kanakai Online

इलाम दुवै क्षेत्रमा एमालेका नेम्वाङ र बस्नेतको अग्रता


मङ्गलवार, मंसिर ६, २०७९ |

कनकाई अनलाईन
पशुपतिनगर९इलाम०, मंसिर ६ गते । इलामको दुबै निर्वाचन क्षेत्रमा नेकपा ९एमाले० का उम्मेदवार सुभासचन्द्र नेम्वाङ र महेश बस्नेतले अग्रता लिनुभएको छ । नेकपा ९एस० का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले शुरुदेखि पछि पार्नुभएको छ ।

क्षेत्र नम्बर १ मा १५ हजार ७१८ मत गणना गर्दा बस्नेतले ६ हजार ६४६ र खनालले ५ हजार ९४३ मत पाउनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ५९,९०६ मत खसेको छ ।

यस्तै, इलाम निर्वाचन क्षेत्र न। २ मा नेवाङले कांग्रेस सभापति डम्बर खड्कालाई पछि पार्दै अग्रता लिनुभएको छ । शुरुदेखि नै पछि पर्नुभएका नेम्वाङले २ हजार ८१५ मत र खड्काले २ हजार ७१७ मत पाउनुभएको छ । नेम्वाङ ९८ मतले अगाडि हुनुहुन्छ । क्षेत्र नं। २ मा ६९ हजार ८५ मत खसेको छ ।

सम्बन्धित खबर