कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ मा अहिले १२ बजेसम्ममा १७ हजार ७ सय ७० मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिन्हका सम्भुप्रसाद ढकाल सुस्केराले २३५ मतले नेकपा एमालेका सुर्य चिन्हका एलपी साँबा लिम्बुलाई जित्नुभएको छ । यसअघि एमालेका साँबाले घण्टीलाई २५ मतले पछाडि पार्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टीले ५९६८ मत ल्याउदा एमालेका सुर्य चिन्हका एलपी साँबा लिम्बुले ५७३३ मत ल्याएर दोस्रो हुनुभएको छ भने तेस्रो स्थानमायस क्षेत्रमा नेपाली कांग्रेसका झापा जिल्ला सभापति समेत रहनुभएका देउकुमार थेबे भने निक्कै पछाडि रहनुभएको छ ।
थेबेले ३९२३ मत ल्याउनुभएको छ उहाँ तेस्रो स्थानमा रहनुभएको छ । झापा ४ मा चौथो स्थानमा स्वतन्त्र उम्मेद्धारी दिनुभएकी क्रस खुकुरीकी खुश्बु ओली ३३९ मत ल्याएर चौथो स्थानमा रहनुभएको छ भने पाचौ स्थानमा हाम्रो नेपाल पार्टीका युक्तप्रसाद भेटवाल लौरो चिन्हमा २६३ मत ल्याउनुभएको छ । यसैगरि छैठौ स्थानमा रहेको मंगोल नेशनल अर्गानेशन पार्टीका दिलिप धिमालले कुखुराको भालेले १५० मत ल्याउनुभएको छ । यसैगरि सातौ स्थानमा रहेको जनमत पार्टीका सत्य नारायण राजवंशीले लाउडस्पीकरले ९३ मत ल्याएको छ । यसैगरि आठौ स्थानमा रहेको संघिय लोकतान्त्रित राष्ट्रिय मंञ्चका दाँप सहितको खुकुरीका लाहानसिंह तुम्वाफोले ८१ मत ल्याउनुभएको छ । यसैगरि नबौ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका ग्यासुदिन मियाले साईकलमा ६० मत ल्याउनुभएको छ । यसैगरि १० औ स्थानमा रहेका स्वतन्त्रका उम्मेद्धार नन्दराज राईले माछोमा ३६ मत ल्याउनुभएको छ । यसैगरी ११ औ स्थानमा रहनुभएका जनता समाजवादी पार्टीका जनता समाजवादी पार्टीका छाता चिन्हका हर्कराज राईले १६ मत र १२ औ स्थानमा नेपाली कांग्रेस विपिका दुर्गाप्रसाद घिमिरेले करुवामा १३ मत पाउनुभएको छ । कनकाई ४ को १३ औ स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीका घर चिन्हका मानबहादुर तामाङले १० मत ल्याउनुभएको छ । १४ औ स्थानमा रहेका स्वतन्त्र उम्मेद्धार पुर्णकुमार लिम्बुको चेस बोर्डले ३ मत ल्याएको छ ।
यसैगरि १५ औ स्थानमा स्वतन्त्र उम्मेद्धार सुर्यमुखी फुलका कमलप्रसाद पौडयालले २ र १६ औ स्थानमा रहनुभएका विशाल खनाल पिन्सोले २ मत ल्याउनुभएको छ । १७ औ स्थानमा नेपाल मजदुर किसान पार्टीका मादल चुनाव चिन्हका विक्रम काछिवाले १ मत र १८ औ स्थानमा समेत स्वतन्त्र उम्मेद्धार किरण श्रेष्ठले सेलरोटीको चाङले समेत १ मत ल्याएर खाता खोलेको छ । श्रेष्ठपनि डमी उम्मेद्धार रहनुभएको छ ।
झापा ४ मा १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३ सय ४९ मत खसेको थियो । झापा ४ मा ६ जना स्वतन्त्र सहित १८ उम्मेद्धारले निर्वाचनमा सहभागि हुनुभएको छ ।
झापा ४ मा हालसम्म कनकाई नगरपालिकाको १,४,५ र ७ नम्बरको मतगणना सकिएको छ भने ३ को जारी छ ।