कनकाई अनलाईन
झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले सुरुवाती समयदेखि अग्रता बनाई रहनुभएको छ ।
गठबन्धन दलका उम्मेद्धार शर्माले ११ हजार ३८५ मत प्राप्त गरेर अग्रता बनाईरहनुभएको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनुभएका अग्नि खरेलले ७ हजार ८६ मतसहित शर्मालाई पछ्याइरहनु भएको छ । यस क्षेत्रमा शर्मा खरेल भन्दा ४२९९ मतअन्तरले पछाडि रहनुभएको छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीको १ हजार ९८१ मत ल्याउनुभएको छ । यस निर्वाचन क्षेत्रमा हालसम्म २२ हजार ३३१ मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेशसभातर्फको निर्वाचनमा समेत कांग्रेस नेतृत्वको गठबन्धन दलका दुबै उम्मेद्धारले अग्रता बनाइरहनुभएको छ ।
निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका गोपाल तामाङ ४ हजार ८१० मतसहित पहिलो स्थानमा रहनुभएको छ भने नेकपा एमालेका रविन कोइराला ४ हजार ६० मतसहित तामाङलाई पछ्याइरहनुभएको छ । कोइराला संविधान सभाको निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट बिजयी समेत हुनुभएको थियो । सो प्रदेश निर्वाचन क्षेत्रको १० हजार ३२५ मत गणना भइसकेको छ ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र २ मा नेकपा माओवादी केन्द्रका श्यामविर लिम्बू २ हजार ९६८ मतसहित अग्रस्थानमा छन् । लिम्बूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईले २ हजार ६९७ सहित दोस्रो स्थानमा रहेर पछ्याई रहनुभएको छ । यस प्रदेश निर्वाचन क्षेत्रमा ७ हजार ३०८ मत गणना भइसकेको छ ।
झापा १ मा कुल १ लाख २० हजार ३ सय ७५ मतदातामा ८७ हजार ३ सय ९६ मत खसेको थियो ।