Kanakai Online

झापा २ मा एमालेको देवराज घिमिरेलाई ११ सय मतको अग्रता


मङ्गलवार, मंसिर ६, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्धार देवराज घिमिरेले ११२२ मतले अग्रता बनाइरहनुभएको छ । घिमिरेले मतगाणनाको सुरुवाती समयदेखिनै अग्रता बनाइरहनुभएको छ ।


मंगलवार विहान सम्ममा २१२६२ मत गणना हुदासम्म एमालेका घिमिरेले ७३२८ मत ल्याएर अग्रता बनाउँदा स्वतन्त्र उम्मेद्धार क्रस खुकुरीका भद्रप्रसाद नेपाल स्वागतले ६२०६ मत ल्याएर नेपाललाई पछ्याईरहनुभएको छ । यसैगरि नेकपा माओवादी केन्द्रका उम्मेद्धार हरिकुमार रानाले ३५९५ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ । यसैगरि उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १९९५ मत ल्याएर चौथो स्थानमा रहनुभएको छ । झापा २ मा १ लाख ३४ हजार ९४ जना मतदाता रहेकोमा ८७ हजार ७ सय २३ मत खसेको निर्वाचन अधिकृत केशवबहादुर पन्तले जानकारी दिनुभयो ।


यसैगरि झापा २ मा जनता समाजवादी पार्टीका रामसुफल कामतीले ढल्केको छातामा २४ मत, नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायमेलीले ६ मत, लोकतान्त्रिक समाजवादी पार्टीका चीनारायण राजवशीको साइकलमा १५१ मत, नेपालको लागि नेपाली पार्टीको गोलाकार भित्रको शंकका ज्ञानेन्द्रराज कार्कीले २० मत, नेपाल विवेकशील पार्टीका सन्तोस घिमिरेले कुकुरको टाउकोमा ३९ मत, मंगोल नेशनल अर्गानाइजेशनको कुकुराको भालेमा अंकलबहादुर तामाङले २२२ मत ल्याउँनुभएको छ । यसैगरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दापसहितको खुकुरीमा रेश्मा चेम्जोङले २२० मत ल्याउनुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीको घर चिन्हमा परशुराम मगरले ५५ मत ल्याउनुभएको छ ।

सम्बन्धित खबर