कनकाई अनलाईन
झापा क्षेत्र नम्बर २ र ४ को को मतगणनामा स्वतन्त्र र स्वतन्त्र पार्टीका उम्मेद्धारहरुले अग्रता लिएका छन । झापा ४ मा २१३० मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिन्हमा ८३७ मत ल्याएर अग्रता बनाउँनुभएको छ । यसैगरि नेकपा एमालेका लालप्रसाद साँबा लिम्बुले ६७५ मत र नेपाली कांग्रेसका देउमान थेबेले ३९६ मत प्राप्त गर्नुभएको छ ।
झापा ४ मा संघिय निर्वाचनमा ६ स्वतन्त्र सहित १८ उम्मेद्धार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । झापा ४ मा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३४९ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतलले बताउँनुभयो ।
यता झापा क्षेत्र नम्बर– २ मा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल स्वागत नेपालले अग्रता कायम गर्नुभएको छ ।
नेपालले २९७६ मत ल्याएर घिमिरेलाई उछिन्नुभएको हो । घिमिरेले २९४९ मत ल्याउँदा मतअन्तर २७ मतको रहेको हो । यता झापा २ मा माओवादीका हरि राना भने १५६८ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।
यसैगरि वहुचर्चित झापा ३ मा कुल २५२८ मत गणनाहुदा राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङदेनले १२७४ मत ल्याएर अग्रता बनाउँनुभएको छ भने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ९९५ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिन्हका प्रकाश पाठकले १०४ मत प्राप्त गर्नुभएको छ ।
झापा क्षेत्रनम्बर १ मा समेत मतगणना जारी रहेको छ ।