कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । हालसम्म ७०० मत गणना हुदा गणनाहुदा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकालले अग्रता बनाएका छन । जसमा घण्टीले ३२५ मत ल्याउदा एमालेको १९७ र कांग्रेसको ११५ मत आएको निर्वाचन कार्यालय झापाले जनाएको छ । यसैगरि युक्त भेटवाल लौरोको ९ र क्रस खुकुरीको खुश्बु ओलीको १४ मत ल्याउदा माछाको नन्द राईको १ मत, मंगोल नेशनल पार्टीको कुखुराको भालेको २ मत, स्वतन्त्र पुर्णकुमार लिम्बुको चेसमा ० मत आएको छ ।
कनकाई नगरपालिकामा अहिले करिव १२ बजेबाट गणना सुरु भएको हो ।
हाल सटिङ्ग सकेर कनकाई ३ को जनचेतना र ४ को कनकाई बहुमुखी क्याम्पसबाट गणना सुरु भएको हो । यस क्षेत्रमा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र , स्वतन्त्र र हाम्रो नेपाली पार्टीविच प्रतिस्पर्धाको चर्चा रहेको छ । कुल ६ स्वतन्त्र सहित १८ उम्मेद्धारले यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका छन ।
यस क्षेत्रमा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३४९ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतलले बताउँनुभयो ।
हालसम्म २७ वटा मत भने बदर भएको छ ।