Kanakai Online

झापा क्षेत्र नम्बर ४ मा घण्टीलाई दोब्बर अग्रता


सोमवार, मंसिर ५, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । हालसम्म ३०० मत गणनाहुदा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकालले अग्रता बनाएका छन । जसमा घण्टीले १४३ मत ल्याउदा एमालेको ८४ र कांग्रेसको ४६ मत आएको विशेष स्रोतले जनाएको छ ।
कनकाई नगरपालिकामा अहिले करिव १२ बजेबाट गणना सुरु भएको हो ।


हाल सटिङ्ग सकेर कनकाई ३ को जनचेतना र ४ को कनकाई बहुमुखी क्याम्पसबाट गणना सुरु भएको हो । यस क्षेत्रमा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र , स्वतन्त्र र हाम्रो नेपाली पार्टीविच प्रतिस्पर्धाको चर्चा रहेको छ । कुल ६ स्वतन्त्र सहित १८ उम्मेद्धारले यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका छन ।
यस क्षेत्रमा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३४९ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतलले बताउँनुभयो । अव केहि समयपछि पहिलो मतगणना सार्वजनिक गरिन लागेको छ ।

खुश्बु ओलीको क्रस खुकुरीलाई ४ र लौरो युक्त भेटवाल ४ मत ल्याउदा माछोको नन्द राईको १ मत आएको छ ।