कनकाई अनलाईन
झापा क्षेत्रनम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
सोमवार विहान ११ बजेसम्मको प्रारम्भिक १६३४ मत गणनाहुदा नेकपा एमालेका देवराज घिमिरेले ६२० मत ल्याएर अग्रता बनाउँनुभएको छ ।
उहाँलाई माओवादी केन्द्रका उम्मेद्धार हरिकुमार रानामगरले ३९७ मत ल्याएर दोस्रो स्थानमा पछ्याई रहनुभएको छ भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्धार भद्रप्रसाद नेपाल ( स्वागत) ले ३०१ मत ल्याउँनुभएको छ । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १९८ मत ल्याउँनुभएको छ । झापा २ मा ५ स्वतन्त्र सहित १८ उम्मेद्धार रहनुभएको थियो । झापा २ मा १ लाख ३४ हजार ९१ मतदातामा ८७ हजार ७ सय २३ मत खसेको मुख्य निर्वाचन अधिकृत केशवबहादुर पन्तले जानकारी दिनुभयो । झापाका अन्य क्षेत्रहरुमा समेत मतगणनाको तयारी थालिएको छ ।
झापा २ मा भने सोमवार विहानैदेखि मतगणना थालिएको हो । यस क्षेत्रमा एमाले र राप्रपाबाट उम्मेद्धारी दिनुभएको एमालेका देवराज घिमिरे र माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसबाट साझा उम्मेद्धारी दिनुभएका माओवादी केन्द्रका हरिकुमार रानाविच तीव्र प्रतिस्पर्धा देखिने भएको छ । उहाँहरुलाई स्वतन्त्र उम्मेद्धार भद्रप्रसाद स्वागत नेपालले टक्कर दिने देख्रिएको छ ।