Kanakai Online

कनकाई ७ का ९७ बर्षिय नरबहादुर गुरुङले गरे मतदान


आइतवार, मंसिर ४, २०७९ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ७ का ९७ बर्षिय नरबहादुर गुरुङ्गले आज भृकृटी मावि दुर्गापुरबाट मतदान गरेका छन । उनले आफन्तको सहयोगमा मतदान गरेका हुन । २०१५ सालदेखि नियमित मतदान गरिरहेको बताउँने बृद्ध गुरुङले अन्य गाउँ ठाउँमा कम मात्रै मतदाता मत हाल्न गएको सुनेर दुख्ख लागेको बताए ।


यसैविच कनकाई नगरपालिका ४ मा जम्मा ४७ सय ३८ मतदातामा ३२ सय मत खसेको जनाइएको छ । यसैगरि कनकाई १ मा जम्मा ३४२३ मतदातामा २३९६ मत खसेको छ । यसैगरि वार्ड नम्बर २ मा ३६१६ मतमा २४५६ मत खसेको छ यसैगरि कनकाई ३ मा ७८४० मतदातामा ५११५ मत खसेको छ । यसैगरि कनकाई ४ मा ४७३८ मतदातामा ३८३२ मत खसेको छ । कनकाई ५ मा ४४१५ मतमा २९६६ मत खसेको छ । यसैगरि कनकाई ६ मा २०७१ मतदातामा १४८८ जनाले मतदान गरेका छन । कनकाई ७ मा ३२४९ मतमा २१३९ मत खसेको छ । यसैगरि कनकाई नगरपालिकामा ६६ . ९३ मत खसेको छ । कुल २९ हजार ४४३ मतदातामा १९ हजार ७ सय ८ जनाले कनकाईका ७ वटा वडामा मतदान भएको छ ।
यता झापा गाउँपालिकामा २३,९८५ कुल मतदाता रहेकोमा १६ हजार ६ सय ३३ मत खसेको छ .आज आइतबार भएको प्रतिनिधी सभा र प्रदेश सभाको मतदान कार्यक्रममा उक्त मत खसेको हो.

८ हजार २ सय ४४ जना पुरुष र ८ हजार ३ सय ८९ जना महिला मतदाताले मतदान गरेका छन् .झापा गाउँपालिकामा रहेका १६ मतदान स्थलहरुबाट कुल ६९.३५% मत झरेको बताइएको छ .

मंसिर ४ गते भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदनेनले झापा ३ स्थित हल्दिवारी गाउँपालिका १ स्थित वडाकार्यालयमा बिहान साढे ११ बजे मतदान गर्नुभएको छ ।
लिङदेनलले आफ्नो उत्तम साइत हेरेर निर्वाचनमा भोट हाल्नुभएको लिङदेनले बताउँनुभएको छ ।
यसैगरि भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभुत विद्यालयको (क) मतदान केन्द्रबाट कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री समेत रहनुभएका नेता कृष्णप्रसाद सिटौलाले बिहान ७ बजेर २० मिनेटमा मतदान गर्नुभएको छ । सिटौलाले झापा १ मा मतदान गर्नुभएको हो । सिटौला र लिङदेन यसपटकको निर्वाचनमा प्रत्यासी रहनुभएको छ ।
यता, झापामा पाँच वटा निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभाका लागि छ लाख ६३ हजार ३११ जना मतदाताले मतदान गर्दैछन् । जसमा तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार २५९ महिला र अन्य आठ जना मतदाताले २८५ वटा मतदानस्थल अन्तरगतका ७६८ मतदान केन्द्रमा मतदान गर्ने निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउँनुभयो ।
झापा ४ का सबै मतपत्रका बाकसहरु कनकाई नगरपालिकामा आइसकेको छ आजै रातीबाट मतगणना हुन सक्ने कनकाई नगरपालिकाका मतदान प्रवक्ता बसन्त काफ्लेले बताउँनुभयो । कनकाई नगरपालिकाको ३ स्थानलाई तालजाली जडित सिसि क्यामेरा जडान गरेर मतगणना स्थल बनाईसकिएको छ । झापा ४ मा ६ स्वतन्त्र सहित १८ जनाले संघियतर्फ उम्मेद्धारी दिएर निर्वाचनमा उत्रिएका छन ।