Kanakai Online

नाई नभन्नु ल ६ को सुटिङ धमाधम इलामको चेप्टीमा


शनिवार, मंसिर ३, २०७९ |

कनकाई अनलाईन
दक्षिणी इलामको माई नगरपालिका २ चेप्टीमा ४० करोडको लागतमा खुलेको ह्याप्पी ड्रिम्स चेप्टीलाई नेपाली फिल्म नाई नभन्नु ल ६ ले आफ्नो सुटिङको प्रमुख गन्तव्य बनाएको छ । स्वदेश तथा विदेशबाट हाल दैनिक सयौको सङ्ख्यामा आन्तरिक तथा बाह्रय पर्यटकहरुको घुईचो लाग्ने गरेको यस स्थानमा एउटा गित र केहि चलचित्रका दृश्यहरु यस पर्यटकिय स्थलमा धमाधम हाल सुटिङ चलिरहको छ ।
प्रिंयका कार्की, आचल शर्मा, आर्शिवाद वराल, अनुभव रेग्मी लगायातको अभिनय रहेको चलचित्रको निर्देशन विकासराज आचार्यले गर्नुभएको छ । चलचित्रको निर्माण सिविन दाहाल र सन्जय न्यौपानेले गर्नुभएको हो । आगामी नयाँ बर्ष वैशाख १ गतेदेखि देशभर लाग्ने बताइएको यस चलचित्रको एक सातादेखि इलाम र झापाको पर्यटकिय स्थल चेप्टीमा धमाधम सुटिङ चलिरहेको छ । झापा र इलामको सिमानामा पर्ने यस क्षेत्रलाई पहाडको विचबाट झर्ने गरि बनाइएको कृतिम चेप्टी झर्ना र त्यसको आसपासमा लगाइएको विश्वका विभिन्न देशबाट ल्याइएको वनस्पतिहरु हेर्न र मनोरञ्जन लिन हाल दैनिक रुपमा ३ हजार भन्दा वढी पर्यटकहरु त्यहाँ पुग्ने गरेको ह्रयाप्पी ड्रिम्स चेप्टीका व्यावस्थापक नितेश ओलीले बताउँनुभयो ।
यस अघि झापा सुरुङ्गामा हेप्पी ल्याण्ड सेल्फी डाँडा खोलिसकेका दिनेश शिवाकोटीले करोडौको लागतमा झापाको सिमामै रहेको माई नगरपालिका २ चेप्टीमा स्थानीय नाम चेप्टीकै नामबाट खोलेको यस ह्याप्पी ड्रिम्स चेप्टी २०० रोपनी क्षेत्रफलमा फैलिएको छ । हालसम्म ४० करोड रुपैँया खर्च भईसकेको यस चेप्टी फर्नपार्कमा केवलकारसहितको निर्माणपछि अर्बै लगानी लाग्ने शिवाकोटीले बताउँनुभयो । हाल यस क्षेत्रमा घुम्नका लागि देश तथा विदेशबाट पर्यटकहरु आउने र चलचित्रको छायाङ्गन र म्युजिक भिडियो सुटिङका लागि समेत स्थान बनाउँदै आएको छ ।

सम्बन्धित खबर