Kanakai Online

झापा सदरमुकाममा बमजस्तो वस्तु, नेपाली सेनाद्धारा निक्रिय


शनिवार, मंसिर ३, २०७९ |

कनकाई अनलाईन
झापा सदरमुकाम चन्द्रगढीको विरेन्द्र नमुना माध्यममिक विद्यालयको मतदान स्थल नजिक्कै अज्ञात समुहले बमजस्तो देखिने बस्तु राखेर आंतकित पारेको छ । खतरा लेखेर राखिएको उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाले बम डिस्पोज टोलीले निस्कृय पारेको छ ।

भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिम पट्टिको गेटमा गएराति शुक्रवार बमजस्तो देखिने बस्तु फेला परेको थियो ।
दुईवटा झोलामा भेटिएको बमजस्तो देखिने बस्तु फेला परेपछि प्रहरीले उक्त बस्तु रहेको स्थानमा सर्वसाधारणलाई जान निषेध गरेर सुरक्षा दिएको थियो भने नेपाली सेनाको डिस्पोजल टोलीले सुरक्षित स्थानमा डिस्पोज गर्दा शक्तिशाली आवाज नसुनिए पनि बारुदजन्य पदार्थ पड्किएको जस्तो आवाज आएको थियो ।
झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्तकुमार पाठकका अनुसार सो वस्तु बम नभएर बालुवा र अन्य चिज भरेर बम जस्तो देखिनेगरी राखिएको र निर्वाचन विथेल्ने शक्तिहरुले निर्वाचनमा सर्वसाधरणलाई आतंकित पार्ने उद्धेश्यले उक्त वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान रहेको पाठकले बताउँनुभयो ।
गएराति शुक्रवार ९ बजेर ४० मिनेटमा वीरेन्द्र माविको पश्चिम पट्टीको गेटमा शंकास्पद वस्तु फेला परेको थियो । त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा फेरि अर्को शंकास्पद बस्तु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पहिला फेला परेको वस्तु कार्टुनले प्याक गरी तार निकालिएको छ । त्यसमाथि खतराको संकेत उल्लेख गरिएको छ । दोस्रो शंकास्पद वस्तु झोला हो । एउटै मतदान स्थलमा दुईवटा शंकास्पद वस्तु फेला परेसँगै स्थानीयमा त्रास फैलिएको थियो । शंकास्पद वस्तुमा नो भोट र खतरा लेखिएको पाइएको थियो । भने कार्टुनमा तार जडान गरेर टेप टालिएको थियो । सेनाको टोलीले शनिवार विहान ७ बजे उक्त बस्तुलाई नष्ट गरेको थियो ।
यता निर्वाचनलाई लक्षित गरि झापाको नेपाल भारत १४४ किलोमिटर .सिमा नाकालाई पुर्णतय शील गरिसकिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणि पोखरेलले बताउँनुभयो । झापामा निर्वाचनका लागि २०८८ जना प्रहरी र वाकी थप ८०२ जना जिल्ला वाहिरबाट समेत प्रहरी सुरक्षामा लगाईको समेत पोखरेलले जानकारी दिनुभयो । हरेक निर्वाचन केन्द्रमा सुरक्षा संवेदनशीलताका आधारमा हरेक मतदान केन्द्रमा कम्तीमा २ जना महिला म्यादी प्रहर्री सहित झापाका अति सामान्य ४६ मतदान केन्द्र्र, संवेदनशील १४४ मतदान केन्द्र र अतिसंवेदनशील मानिएका झापाका ९५ मतदान केन्द्र र अस्थायी २ मतदान केन्द्रमा समेत गरि आवश्कीय सुरक्षा व्यावस्था मिलाइसकिएको समेत प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर