कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का प्रदेश २ का गठबन्धनका उम्मेद्धार एकराज उप्रेतीले आफुहरु धेरै ढाँट कुरा र गफ गर्ने रोगबाट टाडै रहेको बताउँनुभएको छ । आफ्नो चुनावी घरदैलो र कोषसभाको अन्तिम समयमा कनकाई ३ को एकान्तटोलमा गरिएको कोषसभामा बोल्दै नेता उप्रेतीले आफुहरु ढाँट कुरा र भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता जनाउँनुभएको छ ।
करोडौको रुपैँयामा बजेट प्रदेश सांसद संघिय सांसदको हातमा पर्ने भएपनि कुनै पनि एउटा वार्डका लागि सहि तरिकाले बजेट बिनियोजन गरेको नपाईको उप्रेतीले बताउँनुभयो । सांसदहरुले कुनैपनि काम पारदर्शि रुपमा पनि गरेको नदेखेको उप्रेतीको भनाई छ । यी कुराहरु खोज्नपनि जरुरी भएको उप्रेतीले बताउँनुभययो । जनताले ट्याक्स तिरेर ल्याइएका बनाइएका कुराहरु र बजेटको खोजीनिति गनु नागरिकको पहिलो कतव्र्य हुने उप्रेतीको भनाई छ ।
यस अगाडि जितेका नेताहरुको विकास वजेटका वारेमा प्रश्न गर्ने हरेक नागरिकको अधिकार भएको भन्दै यसलाई आधार मानेर पुन मतदान गर्नु प्रत्येक नागरिकको अधिकार भएको समेत उप्रेतीको भनाई छ । आफुहरुले जितेको खण्डमा पुराना उम्मेद्धारको गल्ती नदोराउने समेत प्रतिवद्धता जनाउँनुभएको छ । आफुहरुका सबै कुराहरु पारदर्शि रुपमा गर्ने, आवश्यक पर्दा जो कोहीले आफुसग विकास बजेटका वारेमा सोधीखोजी गर्न सक्ने समेत बताउँनुभएको छ ।
विकास भनेको केहो ? भन्ने वारेको उदाहरण छिमेकी झापा गाउँपालिकाबाट समेत लिन र सिक्न भन्दै उप्रेतीले यस क्षेत्रको माई नदि, विरिङ नदिको नियन्त्रणका लागि समेत नितिगत बजेटले मात्रै काम नर्गने हुदा आफु र देउमान थेवे र गठबन्धनको सहकार्यबाट केन्द्र तथा देश विदेशबाट समेत आवश्यक बजेट जुटाई यी नदि नियन्त्रण लगायातका यस क्षेत्रको विकासका लागि ठुला ठुला योजनाका बजेट ल्याउने उदघोष उप्रेतीको रहेको थियो । झापा क्षेत्र नम्बर ४ अन्य क्षेत्रभन्दा विकासमा धेरै पछाडि पारिएको नेता उप्रेतीको भनाई थियो । पछाडि पारिएको क्षेत्रको विकासका लागि समेत स्थानीय रुपमा आफु र आफ्ना सबै गठबन्धनका उम्मेद्धारहरुको उम्मेद्धारी रहेको नेता उप्रेतीको भनाई थियो ।
हाम्रो क्षेत्रमा न कुनै औद्योगित क्षेत्रहरु छन नत कुनै कलकारखानाहरु स्थापना भएका छन । अगाडि बिजयी भएर जाने साथीहरुले सम्बोधन पनि गर्न सकेनन । यी सबैको सम्वोधन गर्नका लागि गठबन्धनमा भोट हाल्नुपर्ने उप्रेतीको भनाई छ । आफुले जितेर गएको खण्डमा बिकास बजेट खर्च गर्दा समेत सबै जनप्रतिनिधि र जनताहरुसग गएर टोल टोलमा बसेर यति बजेट छ कहाँ कहाँ खर्च गरौ कुन कुन विकास निर्माण गरौ भनेर पहिले मसिनो रुपमा गहन सल्लाह र परामर्श गरेर मात्रै विकास बजेट निनियोजन गर्ने उप्रेतीको भनाई छ । उप्रेतीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसले यस क्षेत्रमा निर्वाचनमा साथ दिएका छन । उप्रेती गत २०७४ सालको निर्वाचनमा कनकाई नगरापालिकाको मेयर पदका उम्मेद्धार समेत रहनुभएको छ । उहाँ तत्कालिन समयमा एमालेका राजेन्द्रकुमार पोखरेलसग पराजित हुनुभएको थियो । नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाईको संचालन तथा कांग्रेसका वार्ड सभापति तुलसी बिमलीको सभापतित्वमा आयोजित सभामा कांग्रेस नेता टेकनारायण संग्रौला, स्थानीय दिपेन्द्र भट्टराई लगायातले स्थानीय समस्याका वारेमा वोल्नु भएको थियो ।