Kanakai Online

लौरोले घण्टीमा भोट हाल्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह


बुधवार, कार्तिक ३०, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ मा लौरो अभियानले घण्टीमा भोट हाल्छ भनेर मतदातालाई भ्रमित बनाएको भन्दै लौरो अभियानका संयोजक शेरबहादुर थापाले आपत्ति जनाएका छन ।


थापाले आफ्नो क्षेत्रमा लौरो अभियानका तर्फबाट हाम्रो नेपाल पार्टीका संघिय सांसद युक्तप्रसाद भेटवाल र प्रदेशमा केशव बजगाईनै कायम रहेको भन्दै आफ्नो पार्टी जितको नजिक रहेको वेला हल्ला फैलाएको भन्दै हल्लाको पछि नलाग्न सबैलाई आग्रह गनुभएको छ । थापाले जित्ने पार्टीको वढी चर्चा हुनु स्वाभाविकै भएपनि पछिल्लो समयमा यो हल्ला अलिक अराजनैतिक लागेकोले बाध्य भएर मुख खोल्नु परेको बताउँनुभयो । झापा क्षेत्र नम्बर ४ का हल्ला गर्ने उम्मेद्धारलाई आफ्नो क्षेत्रको सिमाना समेत थाहा नभएको भन्दै लौरो अभियानमा सहयोग गर्न समेत हाम्रो नेपाल पार्टीका लौरो अभियान क्षेत्र नम्बर ४ का संयोजक थापाले आग्रह गरेका हुन । यसैविच लौरो अभियानका प्रदेश सांसद केशव बजगाईले समेत राजनितिमा हारजित स्वाभाविक भएपनि अर्नगन हल्ला फैलाएको भन्दै विरोध जनाएका छन । बजगाईले प्रदेशमा तथा भेटवालले संघमा उम्मेद्धारी दिएर हाल घरदैलोमा निक्किएका छन ।