कनकाई अनलाईन
पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ७ दुर्गापुरमा बसको ठक्करबाट मोटरसाईकलमा सवार दम्पत्तीको मृत्यु भएको छ ।
मंगलवार दिउसो साढे ३ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिसातर्फ जादै गरेको मे ४ प ५०९२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई मोटरसाईकलमा सवार अर्जुनधारा नगरपालिका ६ बस्ने ५२ वर्षिय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षिया सीतादेवी मैनालीलाई सख्त घाईते बनाएको थियो । घाईते दुबैको उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा साढे ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक मोरङ सुन्दरहरैचा वडा नं. ६ बस्ने ४० वर्षिय भुपाल देवानलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।



